Ramkot Village ।। A beautiful Magar Village Nearby Bandipur ।। रामकाेट गाउँ ।। #bandipur
करिब एकसय घरधुरी रहेको रामकोट गाउँ मौलिक मगर संस्कृतिको खानी हो । यस गाउँमा मगर समुदायको भाषा, संस्कृति, भेषभुषा, रहनसहन तथा जीवनशैलीको अवलोकन गर्न सकिन्छ । ढुङ्गाको छानो, काष्ठकलाको अत्यधिक प्रयोग गरेर बनाइएका शताब्दी भन्दा पुराना चिटिक्क परेका घरहरू एकै थुम्कामा झुप्प भएर बसेका छन् । घरहरू एक आपसमा जोडिएर बसेका छन् । थुप्रै घरहरूको एउटै आँगन, एउटै धारा, जोडिएको पिँडी । जसले मगर समुदायमा एकता र मेलमिलापयुक्त समाजको प्रतिबिम्बित गरेको छ । गल्लीहरूमा ढुङ्गा बिछ्याइएको छ । छेउछेउमा ढुङ्गाको गाह्रो लगाइएको छ । गाउँ चहार्दा गल्लीहरूले नै रोमाञ्चकता थपिदिन्छ । बन्दीपुरको पश्चिममा रहेको रामकोट गाउँ समुन्द्री सतहबाट करिब एक हजार मिटरको उचाइमा अवस्थित छ । सवारी साधनमा जाँदा बन्दीपुरबाट ३० मिनेटमा पुग्न सकिन्छ । तर पैदलयात्रा गर्न रुचाउनेहरू मुकुन्देश्वरी डाँडा हुँदै करिब दुई घण्टाको यात्रा गरेर पनि रामकोट पुग्न सकिन्छ । पैदलयात्रा गरेर जाँदा थुप्रै बोटबिरुवा तथा वनस्पतिहरू, जीवजन्तु तथा किराफट्याङ्ग्राहरूसँग भलाकुसारी गर्दै यात्रा गर्न गर्न पाइन्छ । त्यसैगरी मनोरम हिमशृङ्खला, हरियाली पहाड र उपत्यकाको दृश्यावलोकन गरेर पनि आनन्द लिँदै यात्रा गर्न सकिन्छ । पहाडी संस्कृति, गाउँले जीवनशैली, रहनसहन, खानपान, मगर समुदायको विशिष्ट संस्कृतिको अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो, रामकोट । बन्दीपुर पुगेपछि रामकोटमा पाइला नटेकी फर्किनुभयो भने तपाईँको बन्दीपुर यात्रा अधुरो हुने छ । Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©Chandra Tamang

नेपालबाट तिब्बत सम्मको यात्रा | मान्छे मार्ने डरलाग्दो बाटो | तामाकोशीको मुहान Nepal to china border

Bandipur Rural Municipality | बन्दिपुर गाउँपालिकाको वृतचित्र

निर्जला गुरुङ यु.के बाट आएपछि चिज गुरुङले यसरी पोखे गुनासो | Chij Gurung Vs Nirjala | Live Dohori

मगर्नी बजै खाट गफ जाट्चाे /Typical Magar language conversation with Magarni Bajai

Lugum Village•Rukum East• A hidden Gem of Primitive Culture in Nepal || New Latest Video 2025

Travelling to Jarung Village ।। The Hidden Treasure of Dhading । जरुङ गाउँ।

भाईरल अनु यस्तो अवस्थामा भेटियो, के पोईला गएकिनै हुन त.? खुलाईन यस्तो कुरा

Life in Ramkot Village, Tanahun – The True Face of Rural Nepal रामकोट - गाउँको वास्तविक झलक

Oldest House Of Nepal || Taksera Rukum || हजार वर्ष पुरानो घर रूकुम टकसेरा यात्रा || झाक्रीको गाउँ

पाताल कोकको द्वार बन्दिपुर || Bandipur Tanahun #parikrama #bandipur

TRADITIONAL WEDDING | फुर्केको विवाह | Limbu culture | Furke Lahure

books i want to read this summer | classics, fantasy, summerween!!!

तिब्बत जाने बाटो | तमोर नदिको मुहान | टिपताला भञ्ज्याङ् नेपाल चीन सिमाना | Nepal To China Border

Bandipur Rural Municipality। बन्दिपुर गाउँपालिका द्रारा निर्मित वृतचित्र ।। Ok Nepal

सम्बन्ध वि छेद गर्दा लिउने पैसाले खुशी किनिदैन् - आखिर बिहे किन ? पैसाले सन्तानलाई बुवाको.. सकिदैन

New Documentary | सुन्दर गाउँ ओखारी लमजुङ | Okhari Village Lamjung | By Janak Gurung | Rabin Gurung

BANDIPUR TO RAMKOT || MTB VLOG || LET’S GO WITH OUR VLOG

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

बाज्यु बोजेकोई मगर ढुट ङाक्चोl Grandpa Grandma speaking Magar Language

