Bandipur Rural Municipality | बन्दिपुर गाउँपालिकाको वृतचित्र
बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो। बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिका भित्र १० वटा सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको १२४ होटेलहरु रहेका छन। बन्दिपुर गाउँपालिका अन्तर्गत विशेष पर्यटकीय सम्भाब्यता बोकेका मुख्य स्थानहरु १. बन्दिपुर बजार : प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र २. सिद्ध गुफा : नेपाल कै सवैभन्दा ठुलो प्राकृतिक गुफा ३. टुडिखेल : मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर ४. थानीमाई र मुकुन्देश्वरी : बन्दिपुर बजार, मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर ५. तीनधारा : बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत ६. संस्कृति : मगर, गुरुङ्ग, नेवार आदी बन्दिपुर शाहसिक खेलहरु जस्तै प्याराज्लाडिङ, रक क्लाइम्विङ, र्याफ्टिङ र ट्रेकिङ्ग ट्रेल तथा रुटहरु पनि रहेका छन भने पर्यटन विकासको लागि गाउँपालिकामा तपशिल बमोजिमका गौरवका योजनाहरु गुरुयोजनामा समावेश गरि काम थालनि गरिएको छ। १. बन्दिपुर विकास गुरुयोजना - २० बर्षे दिर्घकालिन गुरुयोजना २. बन्दिपुर सिसाको भ्यु पोईन्ट - टुडिखेल, बन्दिपुरको सम्पदाहरु भल्कने ३. थानिमाई-मुकुन्देश्वरी स्तम्भपथ - मिनि ग्रेटवाल ४. बन्दिपुर तालपार्क - सिंचाई तथा पर्यटन विकासको लागि ५ बर्ग किमीमा फैलने ताल Bandipur Rural Municipality is expanded over 102 Sq.KM with Tourism Prospect of Mahabharat Hilly Range of Tanahun, Gandaki Province, Nepal. On Fiscal Year 2070/071 (BS 2071/01/25) Bandipur Village Development Committee(VDC) and Dharampani Village Development Committee(VDC) was merged into Bandipur Municipality. After the Implication in Federal Nepal in 2073, Bandipur Municipality (1-11), Ghasikuwa VDC (1,9) and Keshavtar VDC(1,8,9) were structured into Bandipur Rural Municipality with six wards. Bandipur was a business transit of Kaski, Lamjung,Gorkha and Manang districts before it was connected by a motorable road. Although the headquarter of Tanahun was moved to Damauli in 2025 BS, the promotion of natural beauties and cultural diversity turned this quaint hill station into a world renowned tourist destination. There are 10 inexpensive community homestays and reasonable 124 hotels in Bandipur. Major tourist attraction points in Bandipur Bandipur Bazaar : quaint Newari culture reservation Siddha Cave : biggest natural cave in Nepal Tundikhel : Marshyandi Corridor and Himayan Range View point Thanimai & Mukundeshwori : View point Tindhara : Landmark Cultural asset : Magar, Gurung, Newar, Aryan etc Even though there are many adventurous games like paragliding, rock climbing, rafting and trekking trails/route, Bandipur Rural Municipality has a long term tourism destination development plan included in its Master plan. Bandipur Theme Park - Glass View Point Thanimai-Mukundeshwori wall trail - concept Mini Great Wall Bandipur Lake - Irrigation and Tourism point

म्याग्दे गाउँपालिकाको वृत्तचित्र

सुधनको गुड मर्निङ सुरु!राजेश र गंगा पहिलो लिस्टमा !राजा मार्ने को?सदनमा हर्कको बादर नाँच - RED ALERT

HOMILÍA DE HOY | DIOS AYÚDAME A CONFIAR AUNQUE NO ENTIENDA NADA | PADRE FREDDY BUSTAMANTE

योगभुमि नेपाल को समुह सैलुङ को रमाइलोमा रमाउदै

सभामुखलाई मुख छाड्ने हर्क साम्पाङको खोलिदिए धोती ! यस्तो नि तरिका हुन्छ,लाज-सरम छैन ? Bhim upadhyaya

पोखरामा लुकेको स्वर्ग -Lwang Village #pokhara #butwal #travel #palpa #nature

एघार सय बर्ष अघिको घर || बाग्लुङ यात्रा Taman Village of Baglung || Houses of Eleven Hundred Years

प्रधानमन्त्रीलाई संसद नचाहिएला, प्रतिपक्षीलाई चाहिन्छ- भीष्मराज आङ्देम्बे | Tikaram Yatri

Shaktikhor Chandibhanjyang Mayatar Hattibang Ichhakamana Temple Fisling

पहाडमा सुन फलाउनेहरु | Pahadma Sun Falauneharu | Herne Katha EP157 - हेर्ने कथा

बन्दीपुर गाउँपालिकाको पर्यटन सम्बन्धी वृतचित्र ।। Tourism Video Documentary of Bandipur

New Documentary | सुन्दर गाउँ ओखारी लमजुङ | Okhari Village Lamjung | By Janak Gurung | Rabin Gurung

मध्यरातदेखी मास्टर प्लानमा सुदन, दरबार हत्याकाण्डमा बाबुराम पक्रिदै, नेताहरुको हायलकायल ! अब के होला

Tanahunsur

START YOUR TUESDAY WITH FAITH | TODAY GOD IS GIVING YOU UNEXPECTED OPPORTUNITIES | FATHER FREDDY ...

Bitthadchir Rural Municipality Ward No. 7- Video Documentary 2078 //

पाताल कोकको द्वार बन्दिपुर || Bandipur Tanahun #parikrama #bandipur

नेपालबाट चीन जाने सबैभन्दा डरलाग्दो बाटो | गोर्खाको उत्तरी भेग हुँदै तिब्बत सिमानाको साहसिक यात्रा

बोधराजले गरे सुदनलाई छड्के सलाम:सुदनले राजालाई क्लिनचिट दिने, छानविनको रडरमा राष्ट्रपति

