Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X
रातभरि हुरी चल्यो - इन्दबहादुर राई १)’रातभरि हुरी चल्यो’ कस्तो कथा हो ? उत्तर- सामाजिक यथार्थवादी कथा । २)' रातभरि हुरी चल्यो' कथामा हामीले कस्तो-कस्तो हुरीको चित्रण पाउँछौं? उत्तर- प्रस्तुत कथामा हामीले दुई प्रकारका हुरीको चित्रण पाउँछौं। एकातिर प्राकृतिक (Naturally) रूपमा आएको हुरी-बतासको चित्रण पाउँछौं भने अर्कोतर्फ यस कथाको भुक्तभोगी पात्राद्वय कालेका बाबा र आमाको मनमा प्राकृतिक रूपमा आएको हुरी-बतासले सृजना गरेको डर, त्रास, चिन्ता, पश्चताप औ रीसको हुरीको पनि चित्रण पाउँछौं। ३) 'रातभरि हुरी चल्यो' कथामा कथाकारले के सन्देश दिन चाहेका छन्? उत्तर-प्राकृतिक आपद्-विपद् जुन सुकै ठाउँमा पनि आउँन सक्छ-चाहे गाउँ होस्-चाहे शहर होस्;जहींकहींका मानिसहरूले पनि प्राकृतिक आपद्-विपद्हरूको सामना गर्नु पर्ने हुन्छ तर प्राकृतिक आपद्-विपद्हरूको आयो भनेर भागेर होइन, हिम्मत राखेर कसरी हुन्छ त्यसको सामना गर्दै जीवनप्रति सदैव आस्थावान् भएर, आशावादी बनेर जिउँन सक्नुपर्छ भन्ने सन्देश दिनुभएको छ कथाकारले यस कथामा। ४) "बडा बारी गर्ने भइस्! ठूलो भाग खालिस्।उ अझै फतफतायो रीसले।" क) उक्त गद्यांश भएको पाठ सहित रचनाकारको नाम लेख्नुहोस्। उत्तर:- उक्त गद्यांश भएको पाठको नाम ‘रातभरि हुरी चल्यो' अनि रचनाकारको नाम हो – इन्द्रबहादुर राई । ख) बारी गर्नु भनेको के हो? उत्तर:- बारी गर्नु भन्नाले कृषि तथा खेतीपाती गर्नु बुझिन्छ। ग) उक्त भनाईको वक्ता को हुन्? उत्तर:- कालेको बाबा। घ) यहाँ 'उ' पात्र रीसले फतफताउनुको कारण के थियो? उत्तर:-उक्त कथाको ' उ ' पात्र अथवा कालेको बाबा आफ्नी स्वास्नीको जिद्धीको कारणले खेतीपाती तथा गाई-पालन गरेर जीवन धान्ने विचार गरेर शहरबाट पहाडी भेकको आफ्नो गाउँमा बसाइँ सर्छ तर यता गाउँमा दिन-रात हुरी बतास औ झरीले दु:ख दिन्छ उनीहरूलाई। यसैकारण, कालेको बाबाले दिक्क मान्दै आफ्नी स्वास्नीप्रति रीस पोखाउँछ फतफताउँदै। ५) ‘रातभरि हुरी चल्यो' कथाको पात्र/पात्राहरू को को हुन्? उत्तर- कालेका बाबा र आमा(मुख्य पात्र-पात्राहरू) काले र उसकी बहिनी, पी.बी. गुरुङ र उसकी श्रीमती, दोरंगा-दोरंगिनी, मोक्तान बाबु (गौण पात्र-पात्राहरू) ६)”हे महाकाल बाबा ! तिमी छौ राख्ने- बचाउने ।“ यहाँ महाकाल बाबालाई पुकार्ने व्यक्ति को हुन्? उसले किन महाकाल बाबालाई पुकारेका हुन् ? उत्तर- यहाँ महाकाल बाबालाई पुकार्ने व्यक्ति कालेको बाबा हुन् । रातभरि आएको त्यो हुरी बतासदेखि आतंकित भएर (डराएर) उसले महाकाल बाबालाई पुकारेका हुन्। ७) आफूले कस्तो निर्णय गरेपछि कालेकी आमाको मनमा ढुक्क लाग्यो? उत्तर- दूध बेच्न बजार जाने क्रममा कालेकी आमाले गाउँमा भएको घर, गोठ, गाई-वस्तु, रूख-पात, जमीन सबै बेचेर फेरि बजारमा भाडाको कोठामा बस्ने, आफूले चाहिँ ठूलीकी आमाले जस्तो सब्जी-पसल थाप्ने, अनि आफ्नो लोग्नेलाई चाहिँ चौकीदारको काम नभए बढई काम गर्न लाउने साथै छोराछोरीलाई बजारकैमा पढाउने निर्णय गर्छिन् मनमनै । यस्तो निर्णय गरिसकेपछि का आमाको मनमा ढुक्क लाग्यो। ८)कालेकी आमाले बजारमा कसलाई कोठा हेरी मागिन् ? उत्तर- कालेकी आमाले भुजा पसलमा फूल मिठाई किन्न आएकी एक जना आइमाईलाई बजारमा कोठा हेरी मागिन् । ९)पी.बी. गुरूङको कहाँ केको पसल थियो? उत्तर-पी.बी. गुरूङको लेडेनला सडकमा ड्राइ क्लिनको दोकान थियो । १०)पी.बी. गुरुङकी श्रीमतीको मृत्यु कसरी भयो? उत्तर- रात्रीको हावापानीमा बिरालो खोज्न बाहिर जाँदा चप्पल चिप्लिएर लडेर पी.बी. गुरूङकी श्रीमतीको मृत्यु भयो। ११) “जाबो बिरालोले गर्दा पो रैछ त! कालेकी आमाले बिस्तारै भनी”- जाबो बिरालोले गर्दा के भएछ? उत्तर:- जाबो बिरालोले गर्दा पी.बी. गुरूङकी श्रीमतीको लडेर मृत्यु भएछ । १२)कालेकी आमाले शहर छोडेर किन गाउँमा बसोबासो गर्ने निर्णय लिइन्? उत्तर- कालेको बाबा शहर बस्दा पुलिसको काम गर्थ्यो तर बढ्दो महंगाईमा उसको एक्लो कमाइले आफ्नो परिवारको गुजारा चलाउनु एकदमै हम्मे- हम्मे परिरहेको थियो।यसैले, गाउँमा भएको दुई ऐकर जत्ति जमीनमा खेतीपाती औ गाईवस्तु पालन गरेर जीविका चलाउने उद्देश्यले कालेकी आमाले शहर छोडेर गाउँमा बसोबासो गर्ने निर्णय लिइन् । १३)शहरमा बस्दा कालेको बाबाले के काम गर्थ्यो? उत्तर:- पुलिस काम गर्थ्यो। १४) प्रस्तुत कथामा निनीकी आमा भनेर कसलाई चिनिन्छ? उत्तर:- पी. बी. गुरूङकी श्रीमती। १५) “तेरै जिद्धीले यस्तो ठाउँमा घर बनाको”- यहाँ कसको जिद्धीले कहाँ घर बनाउने काम भएको छ ? उत्तर:- यहाँ कालेकी आमाको जिद्धीले पहाडी बस्तीमा घर बनाउने काम भएको छ। १६)कालेकी आमाले कथाको अन्तमा के गर्ने विचार गरेकी छे? किन? उत्तर:- कालेकी आमाले कथाको अन्तमा फेरि गाउँ-बस्तीमा नै बसेर आफ्नो घर बारी स्याहार्ने विचार गरेकी छे किनकि जब उसले हुरी-बतासको कारणले पी.बी. गुरुङकी श्रीमतीको मृत्यु भएको खबर सुन्छिन् तब उसलाई ज्ञात हुन्छ कि प्राकृतिक आपद- विपद त जहीं पनि आउँदो रहेछ- चाहे गाउँ होस्- चाहे शहर- कोही पनि अक्षुण्ण छैन रहेछ । १७) प्रस्तुत कथामा निनीकी आमा भनेर कसलाई चिनिन्छ? उत्तर:- पी.बी. गुरुङकी श्रीमती । १८ ) कालेका बाबा र आमा कतिबेला नाटकमा माग्नेको भूमिका खेल्न तयार भएका जस्ता देखिए ? उत्तर:- हावाले उडाएका गोठका च्यादरहरू मिलाउने क्रममा उनीहरू दुवै निथ्रुक्कै भिज्छन् र च्यादरहरू मिलाइ सकेर लुगा फेरेपछि उनीहरू नाटकमा माग्नेको भूमिका खेल्न तयार भएका जस्ता देखिए । कथा विश्लेषण तथा सम्भावित प्रश्नहरूका लागि निम्न भिडियो हेर्नुहोस्:- • Raat Bhari Huri Chalyo(रातभरि हुरी चल्यो)-... • Raat Bhari Huri Chalyo.... Possible Questi...

Raat Bhari Huri Chalyo(रातभरि हुरी चल्यो)- इन्द्रबहादुर राई, CBSE, Nepali, Class-X...

रातभरि हुरी चल्यो || Ratbhari Huri Chalyo || Indrabahadur Rai ||

Paral Ko Aago (परालको आगो)- Full Story....Recitation... CBSE, Class -X

प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेको विषयमा बोले रास्वपाका सांसदहरु, गरे झनै यस्तो कुरा

मूर्खहरुका कथाहरु । पाँच रोचक र रमाइला मूर्खका कथाहरु । Stories of Stupidity । Interesting Tales

NARENDRA DAI|| नरेन्द्र दाइ || विश्वेश्वरप्रसाद कोइराला || AUDIO BOOK || ACHYUT GHIMIRE

अन्तत टुक्रिएरै छाड्यो रासोपा बालेन रविगुट कुटाकुट भएर सकियो,बालेनको मोदीलाई कडा चेतावनी,मोदी आतियो

दरवार हत्याकाण्डको रहस्य खुल्दै संकेत, को–को पर्लान छानबिनमा ? दीपेन्द्र दोषी कि मुखुण्डो ?

BEST MOTIVATIONAL STORY ON GROWTH AND SUCCESS | Story on Growth and Success in Life | Gyankunda

परिबन्द ,paribanda in nepali by puskar samsher janga bdr rana #nepalibaba

Raatbhari Huri Chalyo | रातभरि हुरी चल्यो (Audio Book) l Indrabahadur Rai | HSEB | Sabaiko Nepali

मूर्ख पनि कति सम्मका मूर्ख ?! मूर्खका ६ वटा रमाइला कथा

#Nepali_baba class 10 sahitya Sudha ratvari huri chalyo CBSE

Thik Chha || ठिक छ || Nawaraj Parajuli || LIVE in Birtamode

80 Minutes: Collection 1 of Bhairav Aryal Very Funny Science, Culture & Relationship comedies

सुदनको ज्यान खतरामा पर्यो?दरबार ह*त्या काण्ड सहित २५ फाइलले खैलाबैला?DIG खोले डरलाग्दो रहस्य
![धामी ठूलो की बोक्सी [DHAMI RA BOKSI KO KATHA] Lok Katha Nepali / Folk Tales Nepali / Nepali Katha](https://i.ytimg.com/vi/2G6dqh6TjWs/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLCm39D5NDEfZzIuCcRbNYUXZXdZZA)
धामी ठूलो की बोक्सी [DHAMI RA BOKSI KO KATHA] Lok Katha Nepali / Folk Tales Nepali / Nepali Katha

DUI FUL EK BHUL | दुई फूल एक भुल || FULL NOVEL || श्रव्य पुस्तक | Audio Book || PRAKASH KOBID

पण्डितको बिहे–अशोक रोका (सुनयना कथा संग्रहबाट) Panditko Bihey - Ashok Roka #NepaliKatha #AshokRoka

