Paral Ko Aago (परालको आगो)- Full Story....Recitation... CBSE, Class -X

परालको आगो कथाकार:- गुरूप्रसाद मैनाली १)‘परालको आगो' कस्तो कथा हो? उत्तर – सामाजिक कथा । २) कथाकार को हुन् ? उत्तर – गुरूप्रसाद मैनाली। ३) ‘परालको आगो' कथाको मुख्य पात्र – पात्राहरूको नाम लेख्नुहोस् । उत्तर- चामे र गौंथली (मुख्य पात्रहरू ) जुठे दमै र उसकी स्वास्नी, कोकलेकी आमा, कोकलेकी बहिनी, धनवीरे, गौंथलीका आमा- बाबा (गौण पात्रहरू) ४) गौंथली माइत हिँडेपछि भैंसीले किन दूध दिएन ? उत्तर – गौंथली माइत हिँडेपछि भैंसीले दूध दिएन किनकि संधै गौंथलीले मात्र दुहिरहँदा भैंसी एक हाते भइरहेको थियो साथै गौंथली माइत हिँडेपछि भैँसीले उचित समयमा घाँस औ दाना- पानी खान पाएन । ५)कोकलेले चामेको गालामा किन दुई थप्पड लगायो ? उत्तर- भैंसीले सबै मकैहरू सोत्तर बनाइदिएको कारणले कोकलेले चामेको गालामा दुई थप्पड लगायो । ६) चामेले गौंथलीलाई किन कुटेको हो ? उत्तर- खेतबाट थाकेर लखतरान भएर आउँदा गौंथलीले खाना नपकाएको कारणले चामेले गौंथलीलाई कुटेको हो । ७) गौंथली साह्रै रूनुको कारण के हो? उत्तर – चामेले लात्ताले हिर्काएको, चुल्ठोमा समातेर घिसारेको साथै आफ्नो आमा- बाबालाई नानाभाँती भनेको कारण गौंथली साह्रै रोएकी हो । ८)कसको गृहस्थी जीवनमा साह्रै माया- प्रीति थियो? उत्तर – जुठे दमै र उसकी स्वास्नीको बीचमा । ९) चामे किन ससुराली गएको थियो? उत्तर – गौंथलीलाई फर्काइ ल्याउनको निम्ति। १०) ससुराली घरछेउ पुग्दा चामेको गोढा किन अलिक गह्रौं भयो ? उत्तर – सासु-ससुराले गाली गर्लान् कि भनेर । ११) चामे ससुराली घर पुग्दा उसको सासु-ससुरो कहाँ के गर्दै थिए? उत्तर- ससुरो पिँढीमा बसेर तमाखु तथा हुक्का नली तान्दै थियो भने सासु जुठ्यानमा ताप्के मस्काउँदै थिई । १२) चामे ससुराली घर पुग्दा गौंथली कहाँ के गर्दै थिई ? उत्तर – वनमा घाँस काट्दै थिई । १३) “उडी जाउँ भने म पंक्षी होइन बस्न त मन छैन”- वनमा यो गीत गाउने को थियो? उत्तर:- गौंथली। १४) कसलाई गाउँलेको हलो नजोते साँझ- बिहान खान पुग्दैन? उत्तर – गौंथलीको आमा- बाबालाई गाउँलेको हलो नजोते साँझ- बिहान खान पुग्दैन। १५) चामे र गौंथलीबीचमा झगडा हुनुको प्रमुख कारण के हो? उत्तर – एक-अर्कामा समझदारीको अभावको कारणले। १६) चामे ससुराली जाँदा के लगाएर गयो ? उत्तर – दौरा सुरुवाल र अस्कोट । १७) “राँडले आफ्ना बाबु त खूब धनाड्य छ भन्ठानेकी होली !” – यहाँ ‘राँड’ भनेर कसलाई इंगित गरिएको हो? उत्तर – गौंथलीलाई । १८) “यो पनि उही संसारका रापले पोलेका बेलामा टाढाबाट झलक्क हेर्दा शीतल जस्तो लागेको मात्रै हो”- यहाँ ‘संसारको राप’ भन्नाले के बुझिन्छ? उत्तर – यहाँ ‘संसारको राप' भन्नाले सांसारिक दु:ख- कष्ट तथा वेदना आदिलाई बुझिन्छ। १९) “के मेलो छ कान्छा?”- यो वाक्य कसले कसलाई भनेको हो? यो वाक्य भएको पाठ सहित लेखकको नाम लेख्नुहोस्। उत्तर- उक्त वाक्य जुठे दमाइले चामेलाई भनेको हो। यो वाक्य भएको पाठको नाम ‘परालको आगो' अनि लेखकको नाम गुरूप्रसाद मैनाली हुन् । २०) “यस्तो छुसी जिन्दगी बिताउनुभन्दा_____ घसेर हिँड्नु जाती” – रिक्त स्थान पूर्ण गर्नुहोस्। उत्तर – खरानी । २१) “पाउ पुजेर दिएको तिमीलाई हो, आफ्नी स्वास्नी राजी गराऊ लैजाऊ”- यहाँ पाउ पुजेर कसले के दिएका छन् ? आफ्नी स्वास्नी भनेर कसकी स्वास्नीको कुरा गरिएको हो? उत्तर – यहाँ पाउ पुजेर चामेको ससुरोले आफ्नी छोरी गौंथली दिएका छन्।आफ्नी स्वास्नी भनेर चामेकी स्वास्नीको कुरा गरिएको हो । २२) भैंसीलाई एक हाते पार्नुको सही अर्थ के हो? उत्तर- भैंसीले एकजनालाई मात्र दूध दिनु । २३) ‘छुसी’ को अर्थ के हो? उत्तर- तुच्छ । २४) "लोग्ने स्वास्नीको झगडा परालको आगो" भन्ने उखान परालको आगो पाठमा कसरी ठ्याक्क मिलेको छ? उत्तर:- जसरी परालमा लागेको आगो हुरूरू बलेता पनि एकैछिनमा त्यो झ्याप-झिप निभिहाल्छ त्यस्तै प्रकारले प्रस्तुत कथाको शुरूवातमा चामे र गौंथलीको बीचमा विकराल रूपमा झगडा भएको प्रसंग उजागर गर्दै अन्तमा फेरि एकार्कमा मिलेको देखाएर कथाकारले "लोग्ने स्वास्नीको झगडा परालको आगो" भन्ने उखानलाई ठ्याक्क मिलाउनु भएको छ। २५) 'परालको आगो' कथाकी मुख्य नारी पात्राको संक्षिप्त चरित्र चित्रण गर्नुहोस्। उत्तर:- प्रस्तुत कथाकी मुख्य नारी पात्राको नाम हो- गौंथली । उ साह्रै मुखाले थिई। चामेले राम्रो मुखले बोल्दा पनि बाङ्गा-बाङ्गा कुरा झिकेर निहुँ खोज्थी । भएता पनि उ साह्रै मेहनती थिई । २६) 'परालको आगो' कथाको मुख्य पुरूष पात्रको संक्षिप्त चरित्र चित्रण गर्नुहोस्। उत्तर:- प्रस्तुत कथाको मुख्य पुरूष पात्रको नाम हो- चामे । उ सोझो, सरल, परिश्रमी साथै केही मात्रामा हटी तथा एकोहोरो स्वभावको पात्र हो ।उ दिनभरि एकोहोरो खेत जोतिरहछ । उसले नारीहरूको मनोरञ्जनात्मक व्यवहार पटक्कै बुझ्दैन। २७) "मेरो घरमा एकछिन नबस् जहाँ जान्छेस् जा" भनेर चामेले गौंथलीलाई चुल्ठो समातेर घिसार्दै आँगनमा निकाल्नु ठीक थियो? आफ्नो विचार प्रस्तुत गर्नुहोस्। २८) "ओहो चखेवा-चखेवीको जोडा जस्तै अघि-अघि दुलही, पछि-पछि दुलहा कति राम्रो स्वाएको।"- यो वाक्य कसले क-कसलाई कुन सन्दर्भमा भनेको हो? उत्तर:-प्रस्तुत वाक्य जुठे दमाईकी स्वास्नीले चामे र गौंथलीलाई भनेकी हो जतिबेला चामे झगडा गरेर माइता हिँडेकी गौंथलीलाई फर्काएर ल्याउँदै थियो। २९)चामेले गौंथलीलाई कतिबेला साक्षात् गृहलक्ष्मीको रूपमा देख्यो? उत्तर:- जब साँझतिर गौंथली घाँसको भारी लिएर आइपुगी त्यत्तिबेला चामेले गौंथलीलाई साक्षात् गृहलक्ष्मीको रूपमा देख्यो । ३०) "एउटा जीउलाई के, जहाँ गए पनि त भो' नि जोगिनी हुन्छु जान्छु” यो वाक्य कसले ,कसलाई , कुन सन्दर्भमा भनेका हुन्? उत्तर:- चामे गौंथलीलाई लिन गएको कुरा थाह नभएर हो वा स्वाङ् पार्ने उद्देश्यले हो, नाम्लो लिएर घाँस काट्न जान खोज्दा चामेले गौंथलीको पाखुरामा समातेर “घर जाऊँ” भन्दा गौंथलीले चामेलाई उक्त वाक्य भनेकी हो।    • Paralko Aago (परालको आगो)...Guru Prasad Ma...  

Paralko Aago (परालको आगो)...Guru Prasad Mainali...कथाको विश्लेषण+सम्भावित प्रश्न-उत्तरहरू.....
▶︎

Paralko Aago (परालको आगो)...Guru Prasad Mainali...कथाको विश्लेषण+सम्भावित प्रश्न-उत्तरहरू.....

Paral Ko Aago Nepali Full Explanation    परालको आगो,@chhatra21y
▶︎

Paral Ko Aago Nepali Full Explanation परालको आगो,@chhatra21y

Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X
▶︎

Raat Bhari Huri Chalyo (रातभरि हुरी चल्यो)... Full Story... Recitation.. CBSE, Class -X

God Says:"STOP HERE — LISTEN AND HEAR ME SPEAK"/God Message Now/God Message
▶︎

God Says:"STOP HERE — LISTEN AND HEAR ME SPEAK"/God Message Now/God Message

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani
▶︎

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

NOYO || नोयो || NEPALI NOVEL BY PRAKASH KOBID || RECITED BY ACHYUT GHIMIRE || PREET KI REET
▶︎

NOYO || नोयो || NEPALI NOVEL BY PRAKASH KOBID || RECITED BY ACHYUT GHIMIRE || PREET KI REET

Madhuri Dixit, Javed Akhtar के सामने Raju Srivastav ने Filmवालों, Singers को ऐसे धोया | Sahitya Tak
▶︎

Madhuri Dixit, Javed Akhtar के सामने Raju Srivastav ने Filmवालों, Singers को ऐसे धोया | Sahitya Tak

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil
▶︎

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

Thik Chha || ठिक छ || Nawaraj Parajuli || LIVE in Birtamode
▶︎

Thik Chha || ठिक छ || Nawaraj Parajuli || LIVE in Birtamode

EMPIEZA EL JUEVES CON FE | HOY DIOS TE DA PROTECCIÓN Y PAZ PARA TU FAMILIA | PADRE FREDDY BUSTAMANTE
▶︎

EMPIEZA EL JUEVES CON FE | HOY DIOS TE DA PROTECCIÓN Y PAZ PARA TU FAMILIA | PADRE FREDDY BUSTAMANTE

परालको आगो || PARAL KO AAGO || Full Story || गुरुप्रसाद मैनाली || नासो कथा सङ्ग्रह ||
▶︎

परालको आगो || PARAL KO AAGO || Full Story || गुरुप्रसाद मैनाली || नासो कथा सङ्ग्रह ||

Paral Ko Aago | Nepali Old Full Movie | Basundhara Bhusha | Tanka Sharma | Menuka Pradhan
▶︎

Paral Ko Aago | Nepali Old Full Movie | Basundhara Bhusha | Tanka Sharma | Menuka Pradhan

Antim Paat (अन्तिम पात), कथाकार:- ओ.हेनरी ,Full Recitation... CBSE, Class X
▶︎

Antim Paat (अन्तिम पात), कथाकार:- ओ.हेनरी ,Full Recitation... CBSE, Class X

बुद्धि र विश्वास - दुई बटुवाको महान् यात्रा   The Eternal Tale of Faith & Wisdom
▶︎

बुद्धि र विश्वास - दुई बटुवाको महान् यात्रा The Eternal Tale of Faith & Wisdom

10-06-26 Sukhmani Sahib Ji\ਸੁੱਖਾਂ ਦੀ ਮਨੀ ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ\ Japp Sahib #punjabi #wmk #motivation
▶︎

10-06-26 Sukhmani Sahib Ji\ਸੁੱਖਾਂ ਦੀ ਮਨੀ ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ\ Japp Sahib #punjabi #wmk #motivation

जिन्दगीमा जे पनि हुन्छ, राम्रोको लागि नै हुन्छ | Shree Krishna Motivation speech | Geeta Saar
▶︎

जिन्दगीमा जे पनि हुन्छ, राम्रोको लागि नै हुन्छ | Shree Krishna Motivation speech | Geeta Saar

रातभरि हुरी चल्यो || Ratbhari Huri Chalyo || Indrabahadur Rai ||
▶︎

रातभरि हुरी चल्यो || Ratbhari Huri Chalyo || Indrabahadur Rai ||

#nepalibaba ,class 10 , paral ko ahgo part 1 Sahitya sudha
▶︎

#nepalibaba ,class 10 , paral ko ahgo part 1 Sahitya sudha

मूर्खहरुका कथाहरु । पाँच रोचक र रमाइला मूर्खका कथाहरु । Stories of Stupidity । Interesting Tales
▶︎

मूर्खहरुका कथाहरु । पाँच रोचक र रमाइला मूर्खका कथाहरु । Stories of Stupidity । Interesting Tales

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali
▶︎

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali