Walung Dance | वालुङ नृत्य | शुभारम्भ सांस्कृतिक साँझ – २०८३ | Sanskritik Sansthan |
Sanskritik Sansthan Presents:- नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् सजीव कला प्रदर्शनी सम्बन्धी एकमात्र आधिकारिक निकाय सांस्कृतिक संस्थानको प्रस्तुति:- Shubharambha Sanskritik Sanjh | शुभारम्भ सांस्कृतिक साँझ – २०८३ | Sanskritik Sansthan | Walung Dance | वालुङ नृत्य | #sanskritiksansthan #shubharambhasanskritiksanjh2083 #WalungDance ----------------------------------------------------------------------------- नयाँ वर्ष – २०८३ सालको शुभकामना स्वरूप “सांस्कृतिक पर्यटन मार्फत नेपालको आयमा वृद्धि, अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणबाटै समृद्धि” भन्ने मूल भावका साथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य, लालीगुराँस मिडिया नेटवर्क मिडिया पार्टनर, रैथाने कृषि एग्री प्रडक्टस्को फूड पार्टनरमा सांस्कृतिक पर्यटनमैत्री कार्यक्रम “शुभारम्भ सांस्कृतिक साँझ – २०८३” मिति २०८३ साल वैशाख १ गते सांस्कृतिक संस्थानको मेगा हल, जमल, काठमाडौँमा प्रतिनिधि सभा सदस्य माननीय श्री पुकार बमज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरिएको छ । नयाँ वर्षको आरम्भसँगै हरेक नेपालीमा नयाँ उमङ्ग र नयाँ सङ्कल्प सहित आपसी सद्भाव तथा राष्ट्रिय एकताको भावना सुदृढीकरण गर्दै अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण, सांस्कृतिक पर्यटनको विकास तथा सांस्कृतिक उद्योगको विकास सहित समृद्धिको आधार दिशाबोध गर्न नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली संस्कृतिको समग्र प्याकेजः मौलिक गीत, धून, नृत्य, ललितकला, सांस्कृतिक तथा साहित्यिक पुस्तक, भेषभूषा, मिथकीय अनुष्ठान सहितको मञ्चन कला, रैथाने कृषि उत्पादन तथा सात प्रदेशको रैथाने खाद्यपरिकार, सांस्कृतिक सीपबाट उत्पादित सामग्री लगायतका अभौतिक सांस्कृतिक सम्पदाको प्रदर्शनी र सांस्कृतिक संस्थानका कलाकार तथा अन्य लोकप्रिय कलाकारको प्रस्तुति प्रदर्शन गरिएको थियो । कार्यक्रमका प्रमुख उद्देश्यहरू यसप्रकार रहेका थिएः– १.नयाँ वर्षको शुभारम्भकै दिन नयाँ संकल्प सहित संस्कृतिबाटै समृद्धिको आधार निर्माणका लागि सम्पूर्ण अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण सहित संस्कृति सम्बन्धी स्पष्ट राज्यनीतिको आवश्यकता बारे सांस्कृतिक सन्देश सम्प्रेषण गर्नु, २.नेपाली संस्कृतिको समग्र प्याकेज (मौलिक गीत, धून, नृत्य, ललितकला, सांस्कृतिक तथा साहित्यिक पुस्तक, भेषभूषा, मिथकीय अनुष्ठान सहितको मञ्चन कला, रैथाने खाद्य परिकार सुदूर पश्चिम प्रदेश – माडा, कर्णाली प्रदेश– कागुनोको खीर, लुम्बिनी प्रदेश– बटुक र चुकौनी, गण्डकी प्रदेश– सेल रोटी, बागमती प्रदेश– योःमरी, मधेश प्रदेश– आलु चप, कोशी प्रदेश– भक्का) प्रदर्शनी मार्फत सांस्कृतिक पर्यटनको विकास सहित सांस्कृतिक उद्योगको निर्माणको आधार निर्माण गर्नु, ३.सांस्कृतिक संस्थानको नीति तथा कार्यक्रमयुक्त समय सूचक भित्तेपात्रो विमोचन मार्फत तोकिएको समयसीमा भित्र चुस्त, दुरुस्त र पारदर्शी ढंगले कार्ययोजना सम्पन्न गर्नु, ४.डिजिटल युगसँगै संस्कृतिलाई प्रविधिमैत्री ढंगले उत्पादनमा जोड्नु, ५.डिजिटल युगसँगै वैश्वीकरणको प्रभावले नेपाली संस्कृतिको अस्तित्व संकटमा पर्ने जोखिम बढेकाले संस्कृतिको गरिमा बारे नयाँ पुस्तामाझ सांस्कृतिक सन्देश सम्प्रेषण गर्नु । कार्यक्रममा समावेश गरिएका प्रस्तुतिहरूः– १.मौलिक धूनः सांस्कृतिक संस्थान २.चण्डालीका नृत्यः सांस्कृतिक संस्थान ३.सुदूर पश्चिम प्रदेशको प्रस्तुतिः छलिया नाच ४.सांस्कृतिक प्रहसनः खड्ग बहादुर पुन मगर (खबपु) र दिनेश काफ्ले (हाउडे दाइ) ५.हिमाली भेगको प्रस्तुतिः वालुङ नृत्य ६.कर्णाली प्रदेशको प्रस्तुतिः मयुर नाच ७.पहाडी भेगको प्रस्तुतिः कोइञ्च काइश्य सिल ८.लुम्बिनी प्रदेशको प्रस्तुतिः झाङ्करी (झाँक्री) नाच ९.तराई भेगको प्रस्तुतिः झुमरा नाच १०.गण्डकी प्रदेशको प्रस्तुतिः कौराहा नाच ११.बागमती प्रदेशको प्रस्तुतिः धिमे बाजा तथा नृत्य १२.मधेश प्रदेशको प्रस्तुतिः झिझिया नाच १३.कोशी प्रदेशको प्रस्तुतिः सेमुना सिली १४.नयाँ वर्ष विशेष गीतः सांस्कृतिक संस्थान वि.सं.२०१६ सालमा स्थापित ‘राष्ट्रिय नाचघर’ समग्र नेपाली संस्कृतिको संस्थागत विकासका लागि नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएकोे सांस्कृतिक संस्थान नेपाल सरकारको संस्कृति प्रदर्शनी सम्बन्धी ज्येष्ठ निकाय हो । अनेकन् समस्याले ग्रसित सांस्कृतिक संस्थान पछिल्लो समय महाप्रबन्धक श्री किरण बाबु पुनले नेतृत्व सम्हालेसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय डिजिटल युगसँगै नयाँ शिराबाट अगाडि बढेको छ । सांस्कृतिक संस्थानले नेपाल सरकार अर्थ मन्त्रालयको “सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा – २०८२” को प्रतिवेदन अनुसार देशैभरीका सामाजिक क्षेत्र अन्तर्गतका संस्थानहरू मध्ये एकमात्र उत्कृष्ट निकायको रूपमा स्थापित गर्दै ६९.४७ प्रतिशतका दरले आम्दानी वृद्धि गर्न सफल भएको थियो । ----------------------------------------------------------------------------- © Sanskritik Sansthan, 2026 ----------------------------------------------------------------------------- Visit our website:- www.sanskritiksansthan.gov.np Visit Our Official Facebook Page:- / culturalcorporation Visit Our TikTok Account:- / sanskritiksan. . Contact Number - 01-5321194 Uploading the video content on this channel to other channels is strictly prohibited in accordance with the prevailing laws of Nepal. यस च्यानलमा रहेका श्रव्यदृश्य सामग्रीहरुलाई कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Jhumara Dance | झुमरा नाच | शुभारम्भ सांस्कृतिक साँझ – २०८३ | Sanskritik Sansthan |

MADAL -Nepali Culture & Folk Baja Madal competition of Nepalese women

शुरु भयो भक्तपुर महोत्सव २०८१,मंसिर २८ देखि~२ पौष सम्म।Bhaktapur Festival 2081

साउने संकराई (उधेली पर्व) विशेष कार्यक्रम | Saune Sankranti 2082 | Sanskritik Sansthan

Pertin Ponung || Binnyat Yume || Damro || Adi Tribe ||Toyet Pertin || 04/06/2026

गुरुङ जातिले मृत्यु संस्कारमा नाचिने छ्यांडु नाचकाे एक झलक

Sarai Ramro Lokhim Hamro - Krishna Rai | New Nepali Song 2018/2075

ལ་སྟོད་ལྷོ་པའི་གཞས། བྲག་དེ་རྡོ་རྗེའི་བྲག་ལ། Toeshe: Tibetan Cultural Dance

"NELA SANGPO"གནས་ལ་བཟང་པོ།Traditional Tibetan Song | Nepal Tibetan Lhamo Tsokpa (NTLA)

Koincha Kaishya Sil | कोइञ्च काइश्य सिल | शुभारम्भ सांस्कृतिक साँझ – २०८३ | Sanskritik Sansthan

Swadeshi Syau | Manmanma Sanskriti Othothma Haso | मनमनमा संस्कृति, ओठओठमा हाँसो |

Chhaliya Nach | छलिया नाच | शुभारम्भ सांस्कृतिक साँझ – २०८३ | Sanskritik Sansthan |

"NENYING SUNGDUB" Traditional Tibetan Song - Official Music Video | Nepal Tibetan Lhamo Tsokpa(NTLA)

Raute children dance 2019 || SOSEC NEPAL ||

Karnali Pradesh || Mayur Nach || Sanskritik Sansthan

Typical Tappa Nach | टप्पा नाच | Sanskritik Sansthan | Shekhar, Sabnam, Bina, Akkal |

Tibetan Cultural Performance 2019

Zarongbu selok Gyeling thyaeb 1-6.

Sangai basa sarara maya sataula

