साउने संकराई (उधेली पर्व) विशेष कार्यक्रम | Saune Sankranti 2082 | Sanskritik Sansthan

Sanskritik Sansthan Presents:- साउने संकराई (उधेली पर्व) विशेष कार्यक्रम | Saune Sankranti 2082 | Sanskritik Sansthan #saunesankranti #saunesankarai #nepaliculture #nepalifestival #sanskritiksansthan #rastriyanachghar नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताभित्र एकता भएको देश भएकाले अनेकतामा एकताको सूत्रमा बाँध्न सांस्कृतिक चाडपर्वको प्रमुख भूमिका रहन्छ । संस्कृतिलाई जीवन्त राख्ने माध्यम पनि चाडपर्व हुन् । साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । कृषिप्रधान देश नेपालमा अधिकांश नेपालीहरू असार महिनाभरी खेती किसानीमा लाग्ने भएकाले त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने चलन छ । विधिवत रूपमा पूजापाठ गरी लुतो फाल्नाले रोग निको हुने जनविश्वास रहेको छ । “माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ” भन्ने उखान नेपाली समाजमा प्रचलनमा रहेको छ । साउने संक्रान्ति पश्चात् हाम्रा ठूलाठूला चाडपर्वहरू शुभारम्भ हुने गर्दछन् । साउने संक्रान्तिलाई लुतो फाल्ने चाडका रूपमा लिइएतापनि नेपालमा बसोबास गर्ने आदिवासी जनजातिहरूले साउने संक्रान्ति पर्वलाई मौलिक चाडका रूपमा आ–आफ्नै विधिपद्धति अनुसार प्रकृतिको पूजा गरी मनाउने प्रचलन छ । जस अन्तर्गत आदिवासी जनजातिमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदायले साउने संक्रान्तिलाई उधेली पर्वका रूपमा मनाउने गर्दछन् । मगर समुदायले परम्परागत रूपमा उधेली र उभेली गरी दुईवटा ऋतु मान्ने गर्दछन् । जहाँ साउनदेखि पुषसम्म उधेली र माघदेखि असारसम्म उभेली गरी ६/६ महिनाको दुई ऋतुलाई मान्ने गर्दछन् । उधेली ऋतुको सुरुवातसँगै मनाइने साउने संक्रान्ति पर्वले मगर समुदायको सांस्कृतिक पक्षसँग गहिरो सम्बन्ध राख्दछ । सांस्कृतिक संस्थानको नीति र कार्यक्रम अन्तर्गत संस्कृतिभित्रको प्रमुख अवयव सांस्कृतिक चाडपर्वहरूको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र पुस्तान्तरणका लागि विभिन्न चाडपर्वहरुको स्थलगत रूपमै सहभागी भई क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य अनुरूप उक्त मौलिक सांस्कृतिक पर्व साउने संकराई पर्व विशेष कार्यक्रममा सहकार्य गरी सभ्य–भव्य ढंगले सम्पन्न गरिएको हो । यस अवसरमा अथार मगरात मगर प्रतिष्ठानद्वारा अथार मगरात क्षेत्रको मौलिक परम्परा, संस्कार, रीतिथिति र चालचलन अनुसार विशेष पहिचानयुक्त संस्कृति प्रदर्शनी तथा विभिन्न जीवजनावर, किराफट्याङ्ग्राका आकारमा तयार पारिएका रैथाने खानाका परिकारहरूको प्रतिस्पर्धासँगै प्रदर्शन गरिएको थियो । मगर समुदायले साउने संक्रान्तिलाई विशेष महान् मौलिक सांस्कृतिक चाड तथा आफूहरूले मान्दै आएका ऋतु परिवर्तनको सूचक स्वरूप समेत यस पर्वलाई मनाउने गर्दछन् । यसरी अनौठो मौलिक संस्कृति बोकेको चाडपर्वको विशेषतालाई नजिकबाट नियालेर यसको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र पुस्तान्तरण गर्नु सांस्कृतिक संस्थानको प्रमुख जिम्मेवारी भएकोले अथार मगरात मगर प्रतिष्ठानसँग सहकार्य गरी स्थलगत रूपमा सांस्कृतिक संस्थानका कलाकारको विशेष प्रस्तुति र मगर समुदायका विविध संस्कृति प्रदर्शनसँगै सांस्कृतिक संस्थानको आ.व.२०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत समावेश गरिएको पहिलो कार्यक्रम सभ्य–भव्य रूपमा सम्पन्न गरिएको हो । visit our website - www.sanskritiksansthan.gov.np Contact Number - 01-5321194 यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

घाटु भोज २०८३ पुलिमराङ चमत्कार भयो !! @Sumin_Vlog46 @Raiduvlogs
▶︎

घाटु भोज २०८३ पुलिमराङ चमत्कार भयो !! @Sumin_Vlog46 @Raiduvlogs

Mayur Nach | मयूर नाच | कर्णाली प्रदेश विशेष  | शुभारम्भ सांस्कृतिक साँझ, २०८३ | Sanskritik Sansthan
▶︎

Mayur Nach | मयूर नाच | कर्णाली प्रदेश विशेष | शुभारम्भ सांस्कृतिक साँझ, २०८३ | Sanskritik Sansthan

 बालेनको हुँकार : कांग्रेस–एमालेलाई  दरो काउन्टर, मेरो राष्ट्रियतामा प्रश्न नगर, गुटको बिउ नरोपौँ
▶︎

बालेनको हुँकार : कांग्रेस–एमालेलाई दरो काउन्टर, मेरो राष्ट्रियतामा प्रश्न नगर, गुटको बिउ नरोपौँ

जङ्गबहादुर राणाको अन्त्य यो ठाउँमा यसरी भयो, रौतहटको यो रहष्यमयी स्थान Rautahat Trip Pattharghatta
▶︎

जङ्गबहादुर राणाको अन्त्य यो ठाउँमा यसरी भयो, रौतहटको यो रहष्यमयी स्थान Rautahat Trip Pattharghatta

“पुलिमराङ घाँटु भोज २०८३ | एकदमै रमाइला र अविस्मरणीय क्षणहरू” 🎉📹@Grgpushpa @pgya66 ​❤️
▶︎

“पुलिमराङ घाँटु भोज २०८३ | एकदमै रमाइला र अविस्मरणीय क्षणहरू” 🎉📹@Grgpushpa @pgya66 ​❤️

बालेनले ३ करोड नेपालीलाई चकित पारे,QR पैसामा हर्क साम्पाङलाई कारबाही हुन सक्ने पुर्व Dig को खुलाशा
▶︎

बालेनले ३ करोड नेपालीलाई चकित पारे,QR पैसामा हर्क साम्पाङलाई कारबाही हुन सक्ने पुर्व Dig को खुलाशा

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil
▶︎

अण्डाका आश्चर्यजनक फाइदा । अण्डा कसले नखाने र दिनमा कति सुरक्षित ? | Egg Myths | Dr. Om Murti Anil

The Voice Kids Season 5 - 2026 - Episode 04 | Blind Auditions
▶︎

The Voice Kids Season 5 - 2026 - Episode 04 | Blind Auditions

दिउँसै हावादारी गफ दिने माननीयज्यू भन्दै रमेश प्रसाईलाई अहिलेसम्मकै खतरनाक दनक; BODHRAJ NEUPANE
▶︎

दिउँसै हावादारी गफ दिने माननीयज्यू भन्दै रमेश प्रसाईलाई अहिलेसम्मकै खतरनाक दनक; BODHRAJ NEUPANE

देश रास्वपाको हातमा छ, निर्धक्क हुनुहोला सुरक्षित छ : रवि लामिछाने || Rabi lamichhane  ||
▶︎

देश रास्वपाको हातमा छ, निर्धक्क हुनुहोला सुरक्षित छ : रवि लामिछाने || Rabi lamichhane ||

नेपालको अन्तिम गाउँ | तिब्बत छेउको बस्ती | स्वर्गभित्र लुकेको नर्क | nepal tibet border village
▶︎

नेपालको अन्तिम गाउँ | तिब्बत छेउको बस्ती | स्वर्गभित्र लुकेको नर्क | nepal tibet border village

रास्वपा महाधिवेशन : के भने एमाले नेता प्रदिप ज्ञवालीले ? रवि लामिछाने हासे मुसुमुसु
▶︎

रास्वपा महाधिवेशन : के भने एमाले नेता प्रदिप ज्ञवालीले ? रवि लामिछाने हासे मुसुमुसु

Swadeshi Syau | Manmanma Sanskriti Othothma Haso | मनमनमा संस्कृति, ओठओठमा हाँसो |
▶︎

Swadeshi Syau | Manmanma Sanskriti Othothma Haso | मनमनमा संस्कृति, ओठओठमा हाँसो |

काठै काठको गाउँ || ताप्लेजुङको अन्तिम गाउँ सिम्बुक || Loden Taplejung Trip || Tibet Border Taplejung
▶︎

काठै काठको गाउँ || ताप्लेजुङको अन्तिम गाउँ सिम्बुक || Loden Taplejung Trip || Tibet Border Taplejung

Nepali Naumati Baja Babal Dance | बबाल नौमती बाजा नाच | Nepali Panche Baja Nach 2079
▶︎

Nepali Naumati Baja Babal Dance | बबाल नौमती बाजा नाच | Nepali Panche Baja Nach 2079

बन्दिपुर झारगाउँ चुड्का खोई २०८३ छुट्टै मज्जा
▶︎

बन्दिपुर झारगाउँ चुड्का खोई २०८३ छुट्टै मज्जा

युवाहरूलाई जोड्ने रास्वपाको कला अरु पार्टीले पनि सिकुन : प्रदीप ज्ञवाली
▶︎

युवाहरूलाई जोड्ने रास्वपाको कला अरु पार्टीले पनि सिकुन : प्रदीप ज्ञवाली

नेपालको सबैभन्दा डरलाग्दो बाटो | मुगु देखि हुम्ला सम्मको ऐतिहासिक यात्रा | Mugu to Humla Bike Trip
▶︎

नेपालको सबैभन्दा डरलाग्दो बाटो | मुगु देखि हुम्ला सम्मको ऐतिहासिक यात्रा | Mugu to Humla Bike Trip

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news
▶︎

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | nepali khabar live news

नक्कली ले गर्दा नक्कले हु न परेको ||  मौलिक कौरा || Gaira Khudi Bajo Rodhighar @ShivaThapaMagar-f8m
▶︎

नक्कली ले गर्दा नक्कले हु न परेको || मौलिक कौरा || Gaira Khudi Bajo Rodhighar @ShivaThapaMagar-f8m