हिप्नोसिस् अर्थात् सम्मोहन #podcast with Binu Pokhrel ft, Dr Sunil Paudel Eps#33 #samyaksamwad
GUEST: Dr Sunil Paudel Phone–9840590868 HOST : Binu Pokhrel CAMERA/EDIT: Kishan DRESS–(Bipu Collection) Phone भिडियो भित्र : हिप्नोटिजम अर्थात् योगतन्द्रा प्रियजन नमस्कार आज हामी हामीलाई अलि फरक लाग्ने हिप्नोसिसका विषयमा सम्यक् संवाद गर्दैछौं । हिप्नोसिसलाई सबैले बुझ्ने भाषामा भन्दा योगतन्द्रा अर्थात् सम्मोहन भनिन्छ । तर संवाद सुरु हुनुअघि हिप्नोसिस भनेको के हो र यो शब्द कहाँबाट आयो भनेर एकछिन् हेरौं है त । हिप्नोसिस शब्द ग्रिक भाषाबाट आएको हो । यो शब्द ग्रिक भाषाको हिप्नोस्बाट बनेको छ । हिप्नोस्को अर्थ हुन्छ निद या निन्द्रा । निद्रा हरेक जीवको प्राकृतिक अवयव हो र हामी सबैजसोलाई निद्राको आनन्द कस्तो हुन्छ भन्ने अनुभूति छ । के त्यस्तो आनन्द कृतिम रुपमा पनि लिन सकिन्छ ? अवश्य सकिन्छ । प्राकृतिक तरिकाले मानिसको शरीरलाई निद्रामा लैजाने अभ्यास हिमवतखण्डमा सुरु भएको थियो । फेरि जे पनि यहिं ल्याएर जोड्नु हुन्छ भन्नुहोला । आखिर भएकै यहि छ त तथ्य त दिनु प¥यो नि हैन । हो हजारौं हजार वर्ष पहिला योग तन्द्रा या ध्यानमा जाने प्रक्रिया यस भूखण्डमा विकास भएको थियो । एकठाउँमा बसेर आफ्नै शरीरमा ध्यान लगाएर, कुनै मन्त्रमा ध्यान लगाएर या कुनै मूर्तिमा ध्यान लगाएर अनेक तरिकाले मान्छेलाई योग तन्द्रामा लगिन्थ्यो । यसरी विभिन्न विधिद्वारा मान्छेलाई स्व सम्मोहन या आफैं योगतन्द्रामा लैजाने र मान्छेको अवचेतन मनमा सूचना पठाएर हरेक काम गरिन्थ्यो । जसलाई सलर भाषामा बुझ्दा तन्त्र भनिन्छ । त्यसैले नेपाललाई तन्त्रले बनेको देश पनि भनिन्छ । तर समय बित्दै जाँदा यी कुरा मात्र संस्कृतिमा रहे । अनि आज हामी यस्ता कथित आधुनिक भइसक्यौं कि ती विज्ञान सबै हामीबाट विस्मृत नै भैसके र हामी अरुको नक्कल गर्ने आधुकिन भयौं । अब हिप्नोसिस कसरी हुन्छ भनेर बुझौं । सबैलाई थाहा छ, हामीलाई निन्द्रा लाग्छ । तर त्यो निन्द्रा पनि दुई खालको हुन्छ । पहिलो, शरीर थाकेपछि । जुन प्राकृतिक हुन्छ । र अर्को, योजना बनाएर ल्याइने निन्द्रा । हो त्यो योजना बनाएर ल्याइने निद नै हिप्नोसिस हो । आजको समाजमा यस्तो कसरी हुन सक्छ भन्ने प्रश्न आउँछ । खासमा हाम्रो दुई तहको मन हुन्छ । पहिलो, बाहिरी सूचनाले भरिएको मन र केहीको प्रभाव महसुस नगर्ने विशुद्ध खाली भित्रि मन । हिप्नोसिसमा मनको त्यही बाहिरी सक्रिय रहेको भागलाई निद्रामा पु¥याइन्छ । र जे चाह्यो त्यो सूचना आवाज मार्फत् भित्रको मनमा पठाइन्छ । त्यो भित्री मन बाहिरको प्रभाव या बुद्धिसँग नजोडिएको हुँनाले उसले जे सूचना पायो कुनै शंका नराखी त्यस्तै संचार गर्छ । यस्तो पनि हुन्छ भन्नुहोला । जरुर हुन्छ । त्यो संचार यति सशक्त हुन्छ कि कसैलाई त्यस्तो बेलामा तिमी त कुकुर हौ भन्यो भने उ भुक्न थाल्छ । किनकि उसको भित्रि मनमा पुगेको त्यो सूचना विना अवरोध तिनै तहको शरीरमा पुग्छ अनि उसलाई लाग्छ म कुकुर नै हुँ अनि भुक्छ । मतलव त्यो अवचेतन मन यति श्रद्धावान हुन्छ कि त्यो बेला तँ त मरिस् भनिदियो भने पनि उ त्यही मान्छ । सन् १९५२ मा अमेरिकामा हिप्नोटिक एक्ट बन्यो । के भएकोथ्यो भने त्यहाँ चार जना युवाहरुले सम्मोहनको किताव पढेर विश्वविद्यालयको छत्रावासमा प्रयोग गरिरहेका थिए । ती चारजना मध्ये एकजनालाई बेहोस बनाएर उसलाई, तेरो मृत्यु भयो, तेरो मृत्यु भयो भनेर जिस्किइरहेका थिए । तर साँच्चिकै ती युवाको मृत्यु भयो । किनकि यो सूचना उसको सबैतिर पुग्यो र जीवन दिने सबै कुरासँग सम्बन्ध टुट्यो । र उसको मृत्यु भयो । हो त्यसैबेला हिप्नोसिस विरुद्ध अमेरिकामा कानुन बनेको थियो । दुईसय वर्षअघि १८५७–१९२६ मा फ्रान्समा इमायल कुवे नामका एक फार्मासि थिए । उनले पनि यसलाई प्रयोग गरेका थिए । उनले यहि सम्मोहन विधिमार्फत् लाखांै मान्छेको उपचार गरे । भनिन्छ उनले जति मान्छेको उपचार गरे आजसम्मको कुनै विधिका चिकित्सकले यति धेरै मान्छेलाई रोग मुक्त गर्न सकेनन् । उनले म ठीक छु, मलाई सञ्चो छ, म रक्सी खान्नँ भन्ने शब्द दोहो¥याएर नै लाखौंलाई रोगबाट मुक्त गराए वा रक्सी चुरोटको लतबाट छुटाए । यहाँ अर्काे एउटा कुरा पनि भनिहालौं हामीले हरेक दिन विहान गर्ने पूजा, ध्यान, जप पनि स्व सम्मोहनका विधिहरु हुन् । जसले हाम्रो शरीर भित्रको ऊर्जालाई सकारात्मक प्रयोगमा ल्याउन सघाउने गथ्र्याे । विहान नित्य पूजामा रमाउञ्जेल हामी कस्तो शान्त सदाचरणको थियौं । जो हिजो यहि विधीद्धारा हजारांैहजार लाई सन्चो बनाउने धामीझाँक्रीकोमा जान्थ्यौं । अहिले हामीले विहानै पूजा गर्न पनि छोडेका छौं र हाम्रो सकारात्मक आन्तरिक ऊर्जा पनि गुमाएका छौं । धामीहरु त रुढी भए । अनि त्यो शान्ति खोज्न हिप्नोसिस गर्ने ध्यान गर्ने ठाउँमा जम्मा भएका छौं । जे होस् योग तन्द्रामा नपुगी हामी यो तनावबाट निस्कन सक्दैनौं । दैनिक जीवनमा हामीले थाहै नपाइ अपनाएका योगतन्द्राबाट लाभ मात्रै हामी अहिले टिकेका छौं । त्यसैले आज हामी सम्मोहन गराइने प्रक्रिया कस्ता हुन्छन् ? के सबै मान्छे हिप्नोटाइज हुन्छन् ? यसबाट कस्ता परिणाम आएका छन् ? खासमा अरुबाट मान्छे हिस्नोसिस कसरी हुन्छ ? यस्ता कौतुहलताको जवाफमा पुग्न लामो समयदेखि हिप्नोसिस विधिद्वारा धेरैको उपचार गर्दै आउनुभएका हिप्नोसिस गुरु डा सुनिल पौडेलसँग सम्मोहन संवाद गर्दैछौं । [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)

आमाको काख बिना हुर्किएको दर्द छ म भित्र #podcast With Binu pokhrel, ft.poet Suman Smarika

Symptoms of Kundalini Awakening || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2720

गुरु रिपोन्छे ले भक्तजनलाई यसरी सोधे आज सम्मकै उच्च प्रबचन

विष बाबा - पग्लानन्द अघाेरी बाबा || Bees Baba - Paglanda Aghori Baba- Sudip Rimal

Ep: 573 | Is Quantum Mechanics Inaccurate? | Dr. Sitaram Byahut on Quantum Physics & Olympiad

The Power of Your Subconscious Mind in Nepali | जीवन बदल्ने अवचेतन मनको शक्ति

शमशानको रहस्य:मृत्युपछि आत्माको यात्रा,भूत–प्रेत,बोक्सी,मसान र तान्त्रिक साधना | Real Story Time

जीवनलाई समस्याभन्दा माथि राख्नुपर्छ #podcast With Binu pokhrel, ft.Dr Nawaraj kC #health #mental

मनलाई जिते जित #podcast With Binu pokhrel, ft. Healar Kamal Rajlawat #motivation #healing #health

नेपालका ठाउँ र देवीदेवताको ऊर्जासम्मका कुरा ll The untold Talks with Sudip Rimal

महायुग: स्त्री चेतनाको पुस्तान्तरण #podcast With Binu Pokhrel, ft. Seema Aaavas

Ani Choying Drolma on Happiness Mantra 🕉️ Biswa Limbu Podcast S2 Ep 108

तिमी किन जन्मियौ? कामनाको कारण कि कर्मको फल? | गुरुदेव श्री ओशो अखण्ड | Real Story Time

The Jogini Show -08। Dr.yogi Vikashananda | Shobita Simkhada | डा योगी बिकासानन्द | Maa Shobita

भारतको खतरनाक चालबाजी पर्दाफास; रबि फर्के लगत्तै परराष्ट्रमन्त्री दौडिदै किन दिल्ली? SHYAM BASNET

Nepali Podcast : Magnetism vs Hypnotism - What's Really Happening? Episode 16

Overcoming Toxic Relationship | Rozz Bhandari | Rupeshwor Gaur Das | RETA WORLD ASK ME

जति तिखार्यो दिमाग त्यति नै बढ्छ ! || Dr. Basanta Panta || अँध्यारोबाट_उज्यालोतिर || Tikaram Yatri

Consciousness & Enlightenment | Dr.Yogi Vikashananda |@globalfamilymovement007 Ep-12

