विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।
हेटौंडा।‘मेरो पेसाले मलाई नाम, काम र दाम तीनै कुरा दिएको छ,’ हेटौंडाकी करिब ४३ वर्षीया सीता थापामगर भन्नुहुन्छ । जो विगत दुई दशकदेखि ढाका बुनेर न केवल आफ्नो जीविका चलाइरहनुभएको छ । बरु, सयौंं महिलालाई आत्मनिर्भर बनाउँदै आउनुभएको छ। सीता, हेटौंडा उपमहानगरपालिकाकी एक कुशल ढाका बुन्ने महिला । हाल ढाका प्रशिक्षकका परिचित हुनुहुन्छ । उहाँले पढाइ छाडेर अङ्गालेको सिप हाल केवल आफ्ना लागिमात्र नभइ अन्य महिलाको जीवन परिवर्तन गर्ने स्रोत बनेको छ । २०३९ सालमा नुवाकोटमा मध्यम आर्थिक स्थितिको परिवारमा जन्मिएकी सीताले कक्षा–६ सम्ममात्र औपचारिक शिक्षा पाउनुभयो । बाल्यकालदेखि विभिन्न सिपमा रुचि राख्ने उहाँ चकटी, गुन्द्री, प्लास्टिकको डोरीबाट झोला जस्ता सामग्री बनाउने काममा अभ्यस्त हुनुहु? । २०५५ सालमा उनी काठमाडौं गइन् र कपन क्षेत्रमा ढाका बुन्ने सिप सिक्नुभयो । त्यहींबाट शुरु भयो उहाँको ‘सिपयात्रा’ । संघर्ष र सफलता सिप सिकेर सुरुमा अन्यकोमा काम गरेकी सीताले आफ्नै लगानीमा ढाका बुन्ने तान किनिन् र आफ्नै काम सुरु गर्नुभयो । उहाँको सिप, मेहनत र इमान्दारिता देखेर धेरैले उहाँलाई साथ दिए । पहिला कमाएको पैसाले आमालाई सुनको मुन्द्रा किनिदिएको सम्झि“दा उहाँ भावुक हुनुहुन्छ । हेटौंडा फर्केपछि उहाँले चटपटे बेच्नेदेखि लिएर होटल सञ्चालन गर्ने प्रयास गर्नुभयो । यद्यपि, ती व्यवसाय टिकेनन् । पछि बाख्रापालन, तरकारी खेती र फूलखेतीमा समेत हात हालेकी सीता ढाकामै फर्किनुभयो। पुनरागमन र प्रशिक्षकको यात्रा २०७४ सालतिर हेटौंडामा ढाका तालिम सुरु हुने खबर पाएपछि उहाँले सहभागी हुन अनेक संघर्ष गर्नुभयो । थुप्रै तालिममा भाग लिनुभयो र आफ्नै दक्षता देखाएर प्रशिक्षक बन्न सफल हुनुभयो । उहाँले हालसम्म हेटौंडा उपमहानगरका धेरै महिलालाई ढाका बुन्ने तालिम दिनुभएको छ । हाल उनीहरुको पनि आफ्नै व्यवसाय सञ्चालनमा छ । सामग्री अभाव हेटौंडामा ढाका बुन्ने सामग्री सहजरुपमा उपलब्ध छैन । अधिकांश सामग्री काठमाडौं पुगेर ल्याउनुपर्छ । त्यसैले पनि ढाका व्यवसायको विकासमा अझ धेरै संरचनागत् सहजीकरण आवश्यक रहेको सीता बताउनुहुन्छ । सीता हाल जाल्पादेवी महिला उद्यमी तथा कोसेलीघरमा आबद्ध हुनुहुन्छ । उपमहानगर मेयर मीनाकुमारी लामा र अन्य संघसंस्थाको सहयोगमा उहाँ अझ धेरै महिलालाई सशक्त बनाउन चाहानुहुन्छ । आदर्शपात्र हेटौंडामा ढाका तालिम दिने पहिलो महिला प्रशिक्षक बन्न सफल सीता उद्यमशीलताकी प्रेरणादायी पात्र हुनुहुन्छ । उहाँको मेहनत, लगन र आत्मनिर्भरता चाहने दृढ इच्छाशक्ति हाल धेरै महिलाका लागि उदाहरण बनेको छ । उहाँको कथाले देखाउँछ—सिप छ भने अवसर आफंै सिर्जना हुन्छ । विदेश जानैपर्दैन, आफ्नै देशमा पसिना बगाएर आत्मनिर्भर बन्न सकिन्छ ।

COMEDY DARBAR S3 || Gauthali Movie Special || Episode 12 || Madan Krishna Shrestha, Arun C

The Voice Kids Season 5 - 2026 - Episode 10 | The Battles

ढाकाको साडी कसरी बनाइन्छ त 👈️💪💪💪💪🤘

【Masterpiece Craft】Aomori Artisan Weaves “Phantom” Wild Grape Basket | 370 Years of Tsugaru Art

गणेश नेपालीलाई आ*त्मदा*ह गर्न बाध्य पार्नेको खुलासा || दशैँलगत्तै भयानक अनिष्ट,गम्भीर तयारी !!

5 Modern Traditional Dresses Of Nepal 🇳🇵/ Nepali Traditional Dress 🥻 #tamang #limboo #gurung #newari

Nepali Dhaka Training( ढाका बुनाई तालिम ) सिप सिकौ स्वोरोज्गार बनौ

आफै दङ्ग पर्नेगरी यसरी बनाउनुहोस् मसुरोको दाल | masuroko Dal kasari banaune | Dal recipe | Dal fry

Use Scraps of Fabric to Sew into a Circle and Create Unique Items | Sewing Ideas

अमेरिकामा घर-गाडी किन्नु नै दुःख किन्नु हो ! ft.Govinda Giri Prerana

Colorful Handwoven Textiles | Traditional HandLoom Weaving in Iran

Dhaka tan koka kaiyo garne video ||ढाका तान कोकाकाइयो गर्ने तरिका March 19, 2021

Sashiko for Beginners - Juji Hanasashi (cross flower) pattern

Sashiko Embroidery - Japanology Plus

३ जाना माहानगर प्रहरी पक्राउ पछि मेयर Sunita Dangolआक्रोश/Sudhan gurung गर्जिए संसदमा चल्यो रुवाबासी

मात्र १० लाख लगानीमा गर्न सकिने व्यवशाय हरु Changing Nepal II Jankari Kendra

Surprise! Scraps of Fabric Have Been Transformed into Beautiful Items

Inside The DUNKI ROUTE To USA - PART 1 | Red Bull Inside The Bunker | S01E14

बुढेसकाल उत्सव बनाउने उपाय #podcast With Binu pokhrel, ft. Puskar pokhrel

