kina nasakya hola | किन नसक्या होला | Pratibimba
तीस कटेसी के हुन्छ? समाजले भन्छ: 'सेटल्ड' हुन्छ। बिहेको मण्डप, नयाँ जीवनको सुरुवात, काखमा बच्चा, आँगनमा आशाको बास। तर ऐनामा हेर्दा... बा-आमाको कपालमा सेतो रङ्ग चढ्दै जान्छ। साथीभाइको status मा नयाँ घरको जग बस्दै जान्छ। दुई-पाङ्ग्रे बाइकको स्पिडले अब ढुकढुकी बढाउँदैन, गाडीको स्टेरिङ नभई समाजले पत्याउँदैन। अरुको चुली हेर्दा, आफ्नो आधार 'असफल' लाग्न थाल्छ। इनर्जीको मुहान सुक्छ, risk लिने आँट, 'स्टेबिलिटी'को फर्मानले ढल्छ। हजार emotions हरु? त्यो त छातीभित्र गुन्जिने कुण्ठा हो। लाइफ डिसिजनहरु? त्यो त राति निन्द्रा छिन्ने चिन्ता हो। अनुहारको त्यो असली मुस्कान... कस्मेटिक बन्दै जान्छ, jokes र चार्महरु... जिम्मेवारीको चाङमुनि दबिँदै जान्छ। तिमी सिक्छौ एउटा 'fake smile' लगाउन। तिमी सिक्छौ रहरलाई मरेतुल्य बनाई, जिम्मेवारी बचाउन। आफ्नो लागि बाँच्ने कुरा, कुनै पुरानो डायरीको पानामा छुट्छ। अरुको सपना बोक्दा-बोक्दै, आफ्नै आत्माको आवाज लुटिन्छ। अनि प्रस्ट देखिन्छन्... सम्बन्धका धागोहरु। हिजो अदृश्य ती तारहरु, आज उनिएको देखिन्छ। कुन धागो मायाले बाँधिएका, कुन स्वार्थमा गुजुल्टिएका। कुनै धागो दुई तिरबाट कसिएका, जो जिन्दगीभरलाई तानिन्छन्। तर कुनै धागो... कुनै धागो दुवै तर्फबाट, तिमी आफैले मात्र पक्रिरहेका। हात काट्छ, रगत बग्छ, तर तिमी तान्दै बस्छौ। अनि जुन दिन तिमी थाक्छौ... हात खुल्छ। धागो छुट्छ। सम्बन्ध... छुट्टिएर जान्छ। कहिलेकाहीँ लथालिङ्ग थाकेसी, बसेर सोच्छु, पुरानो ‘म’ लाई सम्झेर, एक्लै कोठामा दुखी हुन्छु। तर फेरि भोलि बिहान, त्यही जिम्मेवारीको भारी बोकेर उठ्छु! तर भित्रभित्रै प्रश्नले पोलेको पोल्यै गर्छ: किन? किन नसक्या होला 'मेरो नि रहर छ' भनेर चिच्याउन? किन नसक्या होला 'आज मलाई साह्रै गाह्रो भयो' भन्न? किन नसक्या होला 'मेरो चित्त दुख्यो, आज रुन मन छ' भन्न?! अरुलाई दोष दिन नसक्ने, आफैलाई मात्र किन चिर्ने? आफैसँग मात्र किन रिसाउने? किन कसैले नदेख्ने त्यो थाकेको आत्मा? त्यो मनको महायुद्ध बाहिर किन नदेखिने होला? त्यो आत्माको चिच्याहट... बाहिर किन नसुनिने होला? तर... साथी, तिमी नआत्तिनु। तिम्रो दिन फेरि आउँछ। यो उमेर, उमेर मात्र होइन, यो एउटा निर्मम गुरु। यसले तिमीलाई अझै ढुङ्गा जस्तै बलियो बनाउँछ। यसले तिमीलाई आँखा जुधाएर 'NO' भन्न सिकाउँछ। आफ्नो boundaries को लक्ष्मण-रेखा कोर्न सिकाउँछ। लडेर, घुँडा छोलिएर पनि, एक्लै उठ्न सिकाउँछ। चिच्याएर होइन... नबोलेरै जित्न सिकाउँछ। भावनाको समुन्द्र कहिले बाध लगाउने, कहिले सुक्खा राख्ने, छुट्टाउन सिकाउँछ। सबैभन्दा ठुलो कुरा... बाँच्नु र टिक्नुको फरक बुझाउँदै, तिमीलाई जीवन बाँच्न सिकाउँछ। केही समय धैर्य गर। विचलित नहोऊ। हिम्मत नहार। यो आँधीले तिमीलाई उडाउने होइन... तिमीलाई पहाड बनाउनेछ।

EKLOPAN / PRAGATI 2 - OFFICIAL MUSIC VIDEO | PHSYCOMUSIC G NEPAL

बालेनले प्रचण्डलाई थुन्न खोजेपछि प्रचण्ड छटपटिँदै दिए धम्की,७ लाख मान्छे उतार्ने प्रचण्डको हैसियत के

PK 2 Full Comedy Movie | Amir Khan, Kareena Kapoor, Ranbir Kapoor | Latest Bollywood Full Movie 2026

Budho Bhaiyo - The Firantee | Nepali Song | Official Music Video 2025

Kaala Panna - दलदल की ज़िंदगी (Daldal Ki Zindagi) | Hindi Songs | Indian Songs | Bollywood songs

This Guy Beat ANATOLY | Gym CHALLENGE Went Wrong

How We Left Australia to Start a Farm in Nepal with No Experience | Rikma Mainali | Biraj Khadka

Next Dalai Lama from Nepal?

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 | Episode 67 Trailer | Masterni Movie Team | Priyanka Karki

CJP Protest | Emotional Intelligence | Dr. Vikas Divyakirti | Drishti IAS

जेल जानेको लिष्ट तयार ! बालेनजस्तै शाहसी शासक चाहिएको थियो, हेर्दै जानुहोला, बालेनले ठेगान लगाउछन् ।

PRAGATI / EKLOPAN EXTENDED STUDIO VERSION | Prod by @shike_studio

ROWDY (Hindi Dubbed) Full Movie 2026 | Ravi Teja | New South Indian Hindi Dubbed Action Movies 2026

Shakira, Burna Boy - Dai Dai (Official Video)

माग्नेले उडाए दीपाको ठाउँ के भन्छन् सुमन र मेक्सम || Suman Karki and Mexam Gaudel || Comedy Night

रवि–बालेनको खेदो गर्नेले सातै प्रदेशमा ढाल्दैछन् सरकार,जनताबाट लखेटिँदा पनि फेरिएन मति।

Bartalaap - Shabdajaal ft. @BeatsByBreeze | Rap Song 2021

Music Therapy for the Nervous System 🌿 Beautiful Relaxing Music & Natural Sounds for Deep Sleep

24 Hours on a Tropical Island 2

