सङ्गीत सङ्ग्रहालय किन खोल्ने ? - Jhuma Limbu | The Thousand Thoughts | EP-8 | Sangeet |
झुमा लिम्बु, लोकसङ्गीत र लोकधुन अनुसन्धानमा अग्रणी नाम हो। गायन, सङ्गीत सिर्जना र रैथाने लय–सङ्कलनमा उनले साढे दुई दशक बिताइसकेकी छिन्। झुमा मौलिक नेपाली सङ्गीतको अन्वेषण, संरक्षण र प्रवर्द्धनमा निरन्तर क्रियाशील अथक अभियन्ता हुन् । उनको गायनयात्राको सुरुवात नेपालको पूर्वेली लोकभाकाबाट भएको थियो । विशेषतः लिम्बु समुदायमा प्रचलित मुन्धुमी शैली र त्यसमा आधारित लोकधुनलाई आम दर्शक–श्रोताबीच पुर्याउन झुमाको विशेष योगदान छ। पछिल्ला दिनमा उनी नेपालका सबै संस्कृति, सभ्यता र भूगोलका लोकधुनको खोज–अनुसन्धानमा गहिरिएकी छन्। सुदूरपश्चिमको देउडादेखि गण्डकी क्षेत्रको गुरुङ भाकासम्म उनले सङ्कलन गरेकी छन्। झुमाले प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको सान्निध्यमा सङ्गीत साधना गरिन् । गुरुङको सङ्गीत रचनामा उनको ‘अम्बर सङ्गीत’ नामक एल्बम छ । ‘खासाम’ झुमाको सबैभन्दा ऐतिहासिक र महत्त्वपूर्ण कृति मानिन्छ । पछिल्लो समय मूलधारका व्यवसायिक चलचित्रमा पनि झुमाले स्वर र सङ्गीत दिएकी छिन् । ‘ऊनको स्वीटर’ चलचित्रमा उनले गाएको ‘काफ्ले’ गीत वर्ष २०८२ मा थुप्रै अवार्ड जित्ने गीतका रूपमा प्रसिद्ध छ । २५ वर्ष लामो साङ्गीतिक करिअरमा दर्जनौं पुरस्कारबाट सम्मानित भइसकेकी झुमाले थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुति दिएकी छिन्। THE THOUSAND THOUGHTS पडकास्टको यस शृङ्खलामा झुमाले रैथाने सङ्गीतसम्बन्धी आफ्नो अनुसन्धान अभियान र त्यसक्रममा गरेका केही रोचक यात्रा साझा गरेकी छन्। उनले नेपालको मौलिक लोकधुन संरक्षणको आवश्यकता र त्यसमा सरकारको भूमिकाबारे जोड दिएर चर्चा गरेकी छन् । उनको पछिल्लो चर्चित गीत ‘गुरुङ्नी कान्छी’ को रचनागर्भ, त्यसको लोकधुन र निर्माणकथाबारे बताएकी छिन्। आगामी परियोजना र सपनाबारे झुमाले खुलेर संवाद गरेकी छिन्। #thethousandthoughts #jhumalimbu #sangeet #music #folkmusic #raithane #artandculture #musicmuseum #sound #podcastinterview #nepal #culturepodcast #deuda #mundhum #nepal #storytelling #fyp #nepalisong #nepalimusic #nepalimusiclovers #musicpodcast #singerinterview #limbuculture #easternnepal #musicjourney #traditionalmusic #nepalifolksongs #youtubepodcast #nepalgovernment #MoCTCA #khadkarajpoudel The Thousand Thoughts Team: Host : Sangeet Guest : Jhuma Limbu Producer: Surendra Chalise Visual Editor: Prabin Bayalkoti We explore the evolving world of Military Geopolitics and Future Warfare Analysis — decoding global power shifts, advanced defense technologies, intelligence operations, strategic rivalries, and the future of modern conflict. We also produce podcast episodes . Like | Comment | Subscribe / @globalradar100

नशाको त्यो नारकीय जीवन, बदलियो यसरी समय Grace Foundation - Begens Nembang || Yatra Ep-245

के चीन–नेपाल सम्बन्ध चिसो हुँदैछ ? - Tanka Karki | The Thousand Thoughts | EP-7 | Sangeet |

Jyoti

डा. सुरेन्द्र प्रमाणसहित मिडियामा ! प्रधानमन्त्री बालेनले मन्त्रीमण्डल फेरबदल गर्दै | Dr surendra kc

बिगतको बोझ हटेपछि हाँसो उन्मुक्त हुन्छ ft. Dr. Yogi Vikashananda

बालेनले स्वर्णिम हटाउने तयारीपछि दुर्गा खुसी,सुदन र बालेन बाहेक कोही काम छैन

SHANTIRAM RAI FULL VIDEO || HISTORICAL SOLO MUSICAL PROGRAM 2082 || NTV LIVE NEPAL POLICE CLUB ||

COMEDY DARBAR S3 | Dohori 3.0 Special | Episode 13 | Jyoti Magar, Tika Sanu, Bishnu Khatri

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

डा.रावलको खुलासाले बालुवाटारमा सन्नाठा: ज्यानको बाजी राखेर खोले यस्तो गम्भीर रहस्य: हुँदैछ यस्तो खेल

सुन फाल्ने चट्टान || Badikedar Doti जहाँ गोप्य दर्शन र दान हुन्छ || सुदुरपश्चिम डोटीको रहष्यमयी ठाउँ

“The Nation Speaks” With Rajendra Baniya | Aaren Rai & Rajunath Pandey | Kछ Nepal | EP-09 |

भयावह अवस्था आउँदै, बालेनलाई स्वर्निमको धोका, नक्सा हटाएर अमेरिकी सहयोगको मुस्ताङको गुम्बा राखिदै ।

बुढेसकाल उत्सव बनाउने उपाय #podcast With Binu pokhrel, ft. Puskar pokhrel

हिजोका आरजे आजका चर्चित कमेडियन सुमन कार्की | Suman Karki | Behind the Title | EP.3 @SumanKarki

The Voice Kids Season 5 - 2026 - Episode 12 | The Battles

खुस्बुको सुन्दर र परिपक्व जीवन | KHUSBU OLI | SAMARTHI | EP04 S02 | CLARITY CAPTURES

बाँझो खेतमा गीतका गायक Prem Raja Mahat को काठमाडौंमा भब्य घर, यसरी घुमाए | Home Visit

प्रियंका-दुर्गेशसँग कुलेन्द्र र राधिका फायर, गीत हटेपछि हंगामा, म्याथ सिक्ने भए...Kulendra | Radhika

