Who will be the next GTA CHAIRMAN?
.WHO WILL BE THE NEXT GTA CHAIRMAN? दार्जिलिङ पहाडको राजनीतिमा फेरि एउटा ठूलो प्रश्न उठ्न थालेको छ अब GTA को अर्को चेयरम्यान को बन्ने? विधानसभा चुनावको समयमा भाजपा सांसद राजु बिष्टले जनतासामु एउटा स्पष्ट वाचा गरेका थिए "चुनाव जितेको भोलिपल्ट नै GTA खारेज हुनेछ।" त्यही नारालाई विश्वास गरेर धेरै जनताले मतदान गरे। तर आज, चुनाव सम्पन्न भएको केही समय नबित्दै, GTA खारेज हुने प्रक्रिया भन्दा पनि बढी GTA लाई 360 करोड रुपैयाँको आवन्टन गरी GTA लाई नै सञ्चालनमा ल्याउने षड्यन्त्र हुँदैछ। यसले जनतामाझ एउटा गम्भीर प्रश्न खडा गरेको छ GTA खारेज गर्ने भनिएको थियो, तर आज GTA लाई अझै बलियो बनाउने संकेत किन देखिँदैछ? यता GTA प्रमुख पदबाट अनित थापाले राजीनामा दिएका छन्। केही सभासदहरूले पनि आफ्नो पद छोडिसकेका छन्। तर राजनीतिक माहोलमा फैलिएको चर्चाअनुसार, TMC छोडेका केही सभासदहरू, भागोप्रमो छोडेका सभासदहरू, IGJF का Ajoy Edwards र उनका समर्थक सभासदहरू, साथै Binoy Tamang पक्षबीच लगातार छलफल चलिरहेको बताइन्छ। सूत्रहरूका अनुसार सिलिगुडीमा पटक–पटक बैठकहरू भइरहेका छन् र GTA सञ्चालनका लागि नयाँ चेयरम्यान चयन गर्ने सम्भावनाबारे चर्चा भइरहेको छ। यही क्रममा फेरि एउटा नाम चर्चाको केन्द्रमा आएको छ : Binoy Tamang. तर विनय तामाङको राजनीतिक यात्राले पनि धेरै प्रश्न जन्माउँछ। २००७ देखि गोर्खाल्यान्ड आन्दोलनमा सक्रिय सहभागिता... त्यसपछि GTA सभासद... फेरि आन्दोलन... फेरि GTA सभासद... र फेरि २०१७ मा GTA को खेस्रा सार्वजनिक रूपमा जलाउने आन्दोलन गर्ने र पछि सरकारले Board of Administrators गठन गरी नेतृत्वको जिम्मेवारी दिएपछि आन्दोलन लाई बिराम दिँदै BOA चेयरम्यान बस्ने। र आज फेरि GTA कै chairman को कुर्सीमा फर्कने कुचेष्टा गर्दैछ। यी घटनाक्रमलाई हेर्दा जनतामाझ एउटा प्रश्न उठ्न थालेको छ GTA को विरोध गरेर राजनीतिक उचाइ प्राप्त गर्ने र अन्ततः फेरि GTA कै नेतृत्वमा फर्कने यो चक्र किन दोहोरिइरहेको छ? "यदि सरकारको समर्थन छैन भने, यस्तो राजनीतिक खेल कसरी सम्भव भइरहेको छ?" अर्कोतर्फ, अझ महत्वपूर्ण प्रश्न २०२२ को GTA सभाबाट पारित गरिएको गोर्खाल्यान्ड प्रस्तावसँग जोडिएको छ। यदि अधिकांश सभासदहरू गोर्खाल्यान्डको पक्षमा छन् भने किन उनीहरू सबै एकमुष्ट मा उभिएर २०२२ को प्रस्तावलाई सरकार समक्ष अघि बढाउन तयार देखिँदैनन्? किन उनीहरू सामूहिक रूपमा GTA खारेज गर्नुपर्ने माग उठाएर सरकारलाई स्पष्ट राजनीतिक सन्देश दिन चाहँदैनन्? किन "हामी GTA सञ्चालन गर्न चाहँदैनौं, जनताको जनादेश गोर्खाल्यान्डको पक्षमा छ" भन्ने अडान सार्वजनिक रूपमा देखिँदैन? यी प्रश्नहरू आज पहाडका धेरै मानिसहरूले उठाइरहेका छन्। किनभने एकातिर गोर्खाल्यान्डको प्रस्ताव थन्किएर बसेको छ। अर्कोतिर GTA को नयाँ चेयरम्यान को बन्ने भन्ने दौड सुरु भएको देखिन्छ। यसले जनता माझ अर्को बहस जन्माएको छ के गोर्खाल्यान्ड केवल चुनावी नारा बनेको हो? के आन्दोलनको नाममा अन्त: सबैको लक्ष्य कुर्सी र शक्ति प्राप्ति मात्र हो? यदि होइन भने, गोर्खाल्यान्डको प्रस्तावलाई केन्द्रसम्म पुर्याउने सामूहिक राजनीतिक इच्छाशक्ति किन देखिँदैन? अब मुख्य प्रश्न यही हो के जनताले केवल अनित थापालाई हटाउनका लागि मतदान गरेको थियो? या GTA खारेज गरी संवैधानिक रूपमा गोर्खाल्यान्डको बाटो खोल्नका लागि मतदान गरेको थियो? यदि जनताको जनादेश GTA खारेज गर्ने पक्षमा थियो भने, आज फेरि GTA लाई नै पुनर्जीवित गर्ने प्रयास किन भइरहेको छ? र यदि GTA नै चलाउने हो भने, चुनावको बेला गरिएको वाचा र आजको वास्तविकता बीच को अन्तरको जवाफ कसले दिने? यी प्रश्नहरूको उत्तर अब केवल नेताहरूले होइन, जनताले पनि खोज्नुपर्ने समय आएको छ। किनभने यो केवल GTA को अर्को चेयरम्यान को बन्ने भन्ने प्रश्न होइन। यो पहाडको राजनीतिक भविष्य कुन दिशातर्फ जाने भन्ने प्रश्न हो।

बालेन सरकार कमजोरीरहित छैन, रास्वपाकै सांसद भए पनि हामी खबरदारी गर्छौँ | Himalaya TV

विष्णु पौडेलपछि ९ अर्बको अर्को महाकाण्ड ! बालेन सरकारले खोल्यो फाइल,पक्राउ पर्नेको लिस्ट तयार

घण्टीबाट तर्सेर कम्युनिष्टहरुको सामूहिक रुवाबासी सभा। मनिष र लिंग्देनको दम्भ–भ्रम।

Israel's dream of ruling the region is over, its decline has begun | Mustafa Barghouti |UNAPOLOGETIC

FATF Grey List, Money Laundering र वैदेशिक ऋणको बारेमा अर्थमन्त्रीको जवाफ | Dr. Swarnim Wagle

'I Warn You - Don't Provoke Russia': Jeffrey Sachs ROARS At EU & US In European Parliament | VIRAL

एक्लै हुनुको महत्त्व | The Power of Being Alone | Sadhguru Nepali

प्रधानमन्त्री बालेनले देखाइदिए तोरीको फुल, भष्टहरू भागाभाग, को-को जेल ? डा. सुरेन्द्रको सनसनी खुलासा

Γ. Αϋφαντής: Μετά τη Σύνοδο του ΝΑΤΟ η Τουρκία θα ζητήσει υπογραφές για αυτά που διεκδικεί

Sikyong Warns China’s Ethnic Unity Law Threatens Survival of Tibetan Culture

ASMR Best Triggers For Sleep Collection (No Talking) 3 Hours of Tapping & Scratching

Crude Oil Falls Below $73: What It Means For India"s Economy? | Govindraj Ethiraj | The Core Report

विष्णु पौडेलमाथि गम्भीर आरोप, दीपक भट्टसँग कनेक्सन, कुनै बेलाका सुकुम्बासी धनाढ्य !

Iran Says it Will Control Hormuz & Has No Plans to Meet US in Qatar | Daybreak Europe 6/30/2026

Today news🔴Nepali news | aaja ka mukhya samachar | nepali samachar live | asar 16 gate 2083 Tuesday

समय भन्दा अगाडि धनी बन्ने कला | The fast track to getting rich | Nepali Audio Book

Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Asar 16 gate 2083.

भर्खरै यस्तो भयो! Today nepali news | live nepali news | sudhan gurung news | nepali samachar live

सुदन गुरुङले चलाए गोप्य सर्च अपरेसन,भेष बदलेर सुदन गुरुङ तस्करसँग गफ गर्दै,मोदीको धम्की आइसक्योshyam

