Bhushita Vasistha - Ek Sundari Veshya Prati (एक सुन्दरी वेश्या प्रति)

Panchachamar Chhanda Written by Laxmi Prasad Devkota Recited by Bhushita Vasistha Music Directed by Aavaas Recorded live during 'Chhanda Retrospective 2.0 with Bhushita - January 2026' Ek Sundari Veshya Prati Bhushita Vasistha Lyrics by Laxmi Prasad Devkota एक सुन्दरी वेश्या प्रति भूषिता वशिष्ठ शब्द: महाकवि लक्ष्मी प्रसाद देवकोटा Lyrics: म स्वप्निंदो छु उर्वशी, जिलाउँदो छु मेनका ! मलाई दिव्य कामिनीको तिर्सना अनन्त छ ! म मत्तमा ! म मस्तमा ! मलाई प्यास सुन्दर ! म अड्छु ! फुल्छु, हेर्छु रे ! मनुष्य पुष्प फर्फर ! इशार, फुल्छ चित्त यो ! पुकार, चल्छ छाति यो ! म मासुको गुलाफको मिठास के गरी? भूलूँ निसर्गको छ ऐन यो ! छ कृष्णलाई चैन यो ! समाधि–मग्न शम्भुको प्रकोपवादको खुशी ! म दीपको पतङ्गको उडान–निम्ति वार के ! यही त ब्रह्मपाश हो ! र बाँधिने मिठास हो ! यही चकोर प्यास हो ! हुनाको मात, आश हो ! म पौडिने तरङ्ग हो ! म मस्तिने सुवास हो ! ‘सुटुक्क झट्ट आ !’ भनी रुमाल फर्फराउँछयौ ? कटाक्ष तीक्ष्ण लाउँछउौ ? सवाल मौन ल्याउँछयौ ? यहीं छ द्धार, देख्छु है ! ए पर्ख ! क्यै निरख्छु है ! म देख्छु छूत मृत्युको ! त्यो चोइटो खसेछ है ! यहाँ त मृत्यु देखिनै हुँदैन रे तिमी जहाँ ! न हाँस ! कालको कथा कता कता सुनिन्छ है ! तिमी नजीक काल के ? म कालसाथ लड्दछु ! तिमी भिडाउ सुन्दरी ? म मृत्यु साथ भिड्दछु ! उषा थिइन्, जली मरिन्! सुवर्ण–साँझ अल्पिइन् न आँशु, हुन्, न तारका, वितान झल्झलाउँछ ! न देखिने खुँडा लिने मलाई क्वै सताउँछ ! कुचाल मार्छ सुस्तरी ममा प्रहार गर्न ए ! प्रसूनसाथ रोइनौ ? निशाग्र दृष्टि धोइनौ ? र पुत्तली पखेरुका सुवर्ण–धूल छोइनौ ? सुचारु साँझ जल्दथिन्, तिनी अगाडि रोइनौ ? गलेर चाँदनी कणी, जली, ढली, थपोइनौ ? म मार्छु मृत्यु सुन्दरी ! म क्रोधमा छु ! मार्न द्यौ ! विनाश चाल मार्छ रे ! म रोक्छु गर्व झर्न द्यौ ! म फूल झर्न दिन्न रे ! म रङ्ग उड्न दिन्न रे ! अहा ! यो मुस्कुरी पला अमोल हिँडन दिन्न रे ! तँ वैंश ! अड ! नमर् ! नमर् ! म गाउँला सदा ! सदा ! सुरा न सिद्धियोस् परी ! नशा भरी, र प्यास होस्! तँ झ्यालको न नाश होस्! तँ दृष्टि नित्य दास होस् ! झकाइ, यो अटूट होस् ! तिमी, सदा निमन्त्रणा ! ए चन्द्रमा ! कला नफेर्! तँ मेघ हे ! नजा नघेर्! तँ पोज बस्! तँ ओठ जी ! ‘मुसुक्क !’ मर्त्यता नवर् ! तँ नूर हो स्थिरप्रभा ! यहाँ छ –कामिनीशिखा धधग धधग ज्वलन्त जो, तँ चित्त ! नित्य धग्धगा ! निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यौ ! तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु ! तिमी, म साथ चल्छ यो ! तिमी, म साथ फुल्छ यो ! हिमाल सम्झ पार्वती ! रसालकुञ्ज, राधिके ! अचम्म ! छौ बजारमा ? यहाँ कसोरि छौ तिमी ? विशाल सृष्टि–वल्लरी प्रफल्ल एक पुष्प ए ? म सोध्छु ए ! विचित्रकी तरङ्ग ! वृत्ति–बावली ! मभित्र बज्छ बाँसुरी, मिहीन औ पुरानिया ! म पूर्ण आफू दिन्छु हे ! जुहारलाई ज्यान् होस ! मुहारलाई प्राण होस् ! मिटान निम्ति शान होस्! म दिन्न अंशदान ए ! म सिंगुलै चढाउँछु ! नमाग यत्ति मात्र रे ! म आउँदो छु ! धाउँछु ! तिमी त सृष्टिधूलिका, मिले म विश्व रच्दछु ! विशाल सूनसान नै बसाउनेछु सुन्दरी ! कुँदेर चन्द्रखण्ड यो अपूर्व शिल्पकारले छ मर्नु ! यत्ति मोलमा बिक्यौ भने प्रभावकारी ! बुझें ! बनेर व्यङ्ग्यकी विशालता तिमी बस्यौ बजारमा समाजको, गिज्याइ आजको मुख ? जहाँ छ साँढे स्वार्थको सुचारु –पुष्पभक्षक ! जहाँ छ राज्य मासुको र आँशुको जलाशय ! छ कीट लुब्ध पुष्पमा ! विनाशसार प्यार छ ! ठगी, अपूर्व रुपको ! र नोटको बजार छ ! चुरो किनिन्छ मानवी ! गरीबमाथि मार छ ! जहाँ समाज नामको कुनर्कको मुहार छ ! समानता अजीव छन् जहाँ, र ढ्वाँग सार छ ! अहा ! बनेर व्यङ्ग्यकी प्रदीपिका जल्यौ तिमी ! तिमी मनुष्य–मातृका ! तिमी सुधा ! तिमी क्षुधा ! विशाल विश्वदीपिका तिमी ! तमोमयी तृषा ? यो लात हो विरिञ्चीमा ! यो सृष्टिमाथि लाञ्छना ! निसर्गको प्रवञ्चना ! यो दागदीप आजको ? विशाल व्यङ्ग्य, व्यङ्ग्य हो ! समाजको समाजको ! प्रकोप–मूर्छिता चिता ! कराल सुन्दरी तिमी ! निशुम्भ, शुम्भ डाक्तछयौ ? प्रचण्ड, चण्ड, मुण्ड के ? लगाइ रुण्ड मुण्ड के ! छछम्! छछम्! धिधिक्! धिधिक्! धपक्क बल्न इच्छियौ? जमीन डग्डगाउँदै ? ए व्यङ्ग्य ! व्यङ्ग्य नै बनी गिगिल्ल, हाँस झ्यालमा ! Chha praptiko sura sharad ! Sukhotsawi chha manav ! Phali, phuki, dhanidhara sunauliera muskiin! Sudha–urij sapkindi ! Swabhawamasta ! Muskuri ! E sundari ? Rasa sari rumal pharpharaunchhayau ? Rasal bhar reshami wichitra chitra rekhie ! Banyau ki phoolle timi ? Sugandha li hawa bahe ! Rangina jyana jhyalki ! Bajarabichki usha ! Upasdathe ma ambika ! Jhasanga jhai yaha bhae ! Sharannisha timi jhuki, jhiki lajalu ghunghat, Smiti–prayogini bani, jiti saphed chandani, Sitarindi udaunchhayau ? Banai anga makhmali ? Tuna garera chittama chakorka jhilimili ? Full lyrics: https://paleti.com.np/record/ek-sunda... Full Episode: Chhanda Retrospective 2.0 with Bhushita -    • Chhanda Retrospective 2.0 with Bhushita - ...   Playlists: Bhushita Vasistha -    • Bhushita Vasistha - Geet Govinda   Laxmi Prasad Devkota -    • Robin Sharma - Kun Mandir Maa (कुन मन्दिरमा)   Recording Code: P1077 Co-ordinator: Aavaas © nepa~laya ------------------------------------------------------ Follow Paleti Nepalaya: Facebook:   / paleti   Twitter:   / paletiofficial   Instagram:   / paletiofficial   Website: https://paleti.com.np/ Subscribe to our channel for new videos - https://www.youtube.com/paleti?sub_co... #Paleti

Bhushita Vasistha - Ek Sundari Beshya Prati (एक सुन्दरी वेश्या प्रति) - Laxmi Prasad Devkota
▶︎

Bhushita Vasistha - Ek Sundari Beshya Prati (एक सुन्दरी वेश्या प्रति) - Laxmi Prasad Devkota

Chhanda Retrospective 2.0 with Bhushita - January 2026
▶︎

Chhanda Retrospective 2.0 with Bhushita - January 2026

Laxmi Prasad Devkota's Original real voice.
▶︎

Laxmi Prasad Devkota's Original real voice.

Bhushita Vasistha - Prithvi Sukta (पृथ्वी सूक्त)
▶︎

Bhushita Vasistha - Prithvi Sukta (पृथ्वी सूक्त)

Ek Sundari Beshya Prati | Laxmi Prasad Devkota | Nepali Poem Recitation
▶︎

Ek Sundari Beshya Prati | Laxmi Prasad Devkota | Nepali Poem Recitation

Khotang Jilla Diktel Bajar "खोटाङ जिल्ला" - Tulasi Parajuli & Lochan Bhattarai | Nepali Lok Song
▶︎

Khotang Jilla Diktel Bajar "खोटाङ जिल्ला" - Tulasi Parajuli & Lochan Bhattarai | Nepali Lok Song

भैरव अर्यालको निबन्ध संग्रह । हास्यव्यंग्य । सुन्नुहोस्, रमाउनुहोस् । Bhairav Aryal Collection
▶︎

भैरव अर्यालको निबन्ध संग्रह । हास्यव्यंग्य । सुन्नुहोस्, रमाउनुहोस् । Bhairav Aryal Collection

Bhushita Vasistha | Literary historian | Suman Sanga - 23 May 2019
▶︎

Bhushita Vasistha | Literary historian | Suman Sanga - 23 May 2019

Limitations of Buddhism -बुद्ध दर्शनका सीमाहरू| Upaaya Lab | EP 22
▶︎

Limitations of Buddhism -बुद्ध दर्शनका सीमाहरू| Upaaya Lab | EP 22

कथामा भेटौँला || ITAHARI || KATHAAMA BHETAUNLA || Nawaraj Parajuli
▶︎

कथामा भेटौँला || ITAHARI || KATHAAMA BHETAUNLA || Nawaraj Parajuli

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12
▶︎

TANKA DAHAL | Red Bull Inside The Bunker | S01E12

Bhushita Vasistha - E Sanai Umer Dekhi Man Harna Lage (इ सानै उमेरदेखि मन हर्न लागे)
▶︎

Bhushita Vasistha - E Sanai Umer Dekhi Man Harna Lage (इ सानै उमेरदेखि मन हर्न लागे)

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD
▶︎

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

गौरी (शोककाव्य) Gauri Part I | Madhav Ghimire - छन्द : शार्दूलविक्रीडित, वाचन : मिमराज #MimrajVoice
▶︎

गौरी (शोककाव्य) Gauri Part I | Madhav Ghimire - छन्द : शार्दूलविक्रीडित, वाचन : मिमराज #MimrajVoice

Paat Bajaudai - पात बजाउदै - Movie Song | MUGLAN | Dilip Rayamajhi, Ramit Dhugana, Bipana Thapa
▶︎

Paat Bajaudai - पात बजाउदै - Movie Song | MUGLAN | Dilip Rayamajhi, Ramit Dhugana, Bipana Thapa

रूपेश श्रेष्ठकाे कविता 'ताप्के' भूषिता बशिष्ठ | Bhushita Vasistha | घिन्ताङ घिसी ट्वाक | Roopess
▶︎

रूपेश श्रेष्ठकाे कविता 'ताप्के' भूषिता बशिष्ठ | Bhushita Vasistha | घिन्ताङ घिसी ट्वाक | Roopess

Yatri (यात्री) - Blues Rock Cover | Kun Mandir Ma Janchau | Mahakavi Laxmi Prasad Devkota
▶︎

Yatri (यात्री) - Blues Rock Cover | Kun Mandir Ma Janchau | Mahakavi Laxmi Prasad Devkota

Jurukka Karnali | manda hu ma Song with Lyrics| #jurukkakarnali #astharaut #sisnopani #shorts
▶︎

Jurukka Karnali | manda hu ma Song with Lyrics| #jurukkakarnali #astharaut #sisnopani #shorts

Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 1'
▶︎

Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 1'

गन्धर्व परिवारको कथा: पर्यटक मन्त्रमुग्ध बनाउनेदेखि थेरापीसम्म | Amrit, Anu & Drishti Gandhari
▶︎

गन्धर्व परिवारको कथा: पर्यटक मन्त्रमुग्ध बनाउनेदेखि थेरापीसम्म | Amrit, Anu & Drishti Gandhari