नेपालको एक मात्र शिकार आरक्ष - बाग्लुङको ढोरपाटन, मनमोहक दृश्यावलोकनको लागि पुग्नै पर्ने ठाउँ
नेपालको एक मात्र #सिकार आरक्ष रहेको #ढोरपाटन नेपालकै प्रसिद्ध पर्यटकीय गनतव्य पनि हो । यहाँ वर्षको दुईपटक विश्वभरका पेशेवर सिकारी पुग्छन् । तर वर्षभरि नै आन्तरिक #पर्यटक घुम्नका लागि पनि जाने गर्छन् । ढोरपाटन #धार्मिक र पर्यटकीय गन्तव्य पनि हो । यहाँको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्र ताल, छेन्टुङ गुम्बा घुम्ने र पूजा गर्ने धार्मिक पर्यटक पुग्छन् भने सुन्दर उपत्यका, बुकी र यहाँका अन्य रमणीय बस्ती समेत हेर्न जानेहरु छन् । बुर्तिवाङसम्म मध्यपहाडी #लोकमार्गको #यात्रा गरेपछि थप ३६ किमी कच्ची सडकबाट #ढोरपाटन पुगिन्छ । सालझन्डी ढोरपाटन सडक आयोजनाले यो खण्डमा स्तरउन्नती गर्दैन । सडक स्तरीय भएपछि पर्यटक अझै बढ्ने अनुमान छ । यहाँ जानेले आरक्ष कार्यालय पुगेर सिकारको बारेमा पनि जानकारी लिने गर्छन् । कतिपयले समूह बनाएर घुम्न निस्केका हुन्छन् । ‘आमा समूह, युवा समूह र अन्य कर्मचारीको समूह समेत यहाँ घुम्न आउने गरेका छन्’ यहाँ निर्माण गरिएको सामुदायिक लजले पर्यटकलाई सहज बसोबासको व्यवस्था गरेको छ । साथै यहाँ दुई वटा सामुदायिक होमस्टे पनि छन् । ढोरपाटन उपत्यका पर्यटन सँगै जीवनबुटी मानिने यार्चा गुम्बाका लागि पनि प्रसिद्ध छ । सबै प्रकारका चाहना राखेर आउने पर्यटकले ढोरपाटन घुम्ने गरेका छन् । कतिपयले ढोरपाटनमा पुगेर घोडाचढी गर्छन । यहाँको मुख्य पाटन, पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्प सम्म घुम्ने गर्छन् । (source: Kantipur) ढोरपाटन अर्थात वन्यजन्तुको साम्राज्य, जहाँ ३२ थरीका स्तनधारी वन्यजन्तु छन् । १ सय ६४ प्रजातिका चराचुरुंगी । नाउर, झारल थार र हिमाली भालुलगायत दुर्लभ एवं संरक्षित पंक्षीहरु डाँफे, मुनाल, चिर आदिले यसलाई आफ्नो आश्रयस्थल बनाइरहेको छ । ढोरपाटन शिकार आरक्ष रुकुम, बाग्लुङ र म्याग्दी जिल्लाको केही भागमा फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ, घुस्तुङ गरी ७ वटा ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । त्यसो त प्राकृतिक सौन्दर्यको कोणबाट पनि ढोरपाटन कम्ता रुपवती छैन । वर्षायाममा अनन्तसम्म देखिने फाँट वनफूलले ढकमक्क हुन्छ । त्यही फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरु देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभास जस्तै लाग्छ । यहाँको मौसम पनि बडो बिचित्रको छ । क्षणमै छ्याङ्ग आकास खुल्छ, क्षणमै बादलले ढम्म ढाक्छ । त्तरगंगा ढोरपाटनमा रहेको ढोर बराह #मन्दिर धार्मिक हिसाबले प्रसिद्ध #तीर्थस्थल हो । जनै #पूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ । ढोरपाटन आरक्षको हेटक्वाटरबाट ३ किलोमिटर पूर्वमा रहेको छ्यान्टुङ #गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को #आकर्षण हो । #तिब्बती #शरणार्थीका #जनजीवन, #संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ पुग्नैपर्छ । (source:onlinekhabar) #nowinterholidays

ढोरपाटन यात्रा, दुई सय वर्ष पुरानो काठेपुल यस्तो अवस्थामा भेटियो Purvi Blues EP342 Dhorpatan Baglung

BUKI DHORPATAN || बाटा जाने चलन, ढोरपाटनको लेकको अनौठो चलन #Purvi_Blues EP343 Buki Dhorpatan

नेपालमै पहिलो पल्ट एक किलोमीटर लामो पोखरी खनेर बाख्राको मल खाने समुद्री चितला पालेका लिम्बु काका

बालेनको सुरक्षामा १ हजार प्रहरीसहित सेना परिचालन ? किन खटिदैछन् भन्नेबारे डी आईजी मिडियामा ! DIG

Dhorpatan Hunting Reserve : The Only Hunting Reserve In Nepal

ढोरपाटन देखी बुकीपाटन सम्मको यात्रा | भारी बोकेर आफन्त भेट्न जाँदा | रक्सी सङ्ग घिउ साट्ने चलन

ढोरपाटन नगरपालिका द्वारा निर्माण ढोरपाटन तथा पर्यटन सम्बन्धी वृत्तचित्र

डोल्पा यात्रा, पुल नभएको खोलाहरूमा बाटो खोज्दै Dolpa-By-Road, Rivers Without Bridges From Jajarkot

मनसुनमा पनि यति सुन्दर? | DHORPATAN BUKIPATAN

Elon Musk VS Mahabir Pun.... || Era Nepal

बुर्तिबाङ बजार || बागलुङ जिल्ला कै सुन्दर शहर || Burtibang - Baglung ||

नेपालबाटै देखिने अचम्मको संसार! | हुम्ला देखि चीनको सिमाना सम्मको साहसिक यात्रा

Monsoon Trek to Dhorpatan & Buki Patan | Full Travel Vlog | Best Travel Destination in Nepal | 4K

नेपालको सबैभन्दा डरलाग्दो बाटो | मुगु देखि हुम्ला सम्मको ऐतिहासिक यात्रा | Mugu to Humla Bike Trip

खानी खन्ने गाउँ || तामा खानी सुँघेरै थाहा पाइने Village of Miners in Baglung Tamankhola

ढोरपाटन शिकार आरक्षमा शिकार गर्न कति रकम तिर्नुपर्छ ? Dhorpatan Hunting Reserve नाउरको शिकार गर्ने त

Oldest House Of Nepal || Taksera Rukum || हजार वर्ष पुरानो घर रूकुम टकसेरा यात्रा || झाक्रीको गाउँ

अदभूत ढोरपाटन बुकी पाटन ll Amazing Dhorpatan Buki Patan ll EP

लुकेको उपत्यका Tsum Valley || गुमनाम उपत्यका Hidden Valley in Nepal || गोरखा जिल्लाको उत्तरी भेग चुम

