मल्कबाङ समाज काठमाडौंद्वारा आयोजित बनभोज कार्यक्रम २०८३
मल्कबाङ समाज काठमाडौंद्वारा आयोजित बनभोज कार्यक्रम २०८३ नेपालको प्राकृतिक काखमा लुकेको एउटा ऐतिहासिक स्थान - म्याग्दी जिल्ला, धवलागिरी गाउँपालिका वडा नं. ५ मा अवस्थित रमणीय गाउँ, मल्कबाङ। भौगोलिक रुपमा केही दुर्गम र भिरालो जमिनमा रहेतापनि, यहाँको प्राकृतिक सौन्दर्य र आदिवासीय सभ्यता उत्तिकै धनी, जीवन्त र मनमोहक छ। यो त्यही गाउँ हो, जसको मुख्य पहिचान नै अल्पसंख्यक छन्त्याल जातिको बाहुल्यता हुनु हो। परम्परागत रुपमा तामा खानी उत्खनन गर्ने क्रममा छन्त्याल समुदायका पूर्खाहरुले बसालेको यो ऐतिहासिक बस्ती, आज आफ्नै मौलिक संस्कृति, भेषभूषा, पाहुना सत्कार र सामाजिक एकताका लागि जिल्लाकै नमुनाको रुपमा चिनिन्छ। समयको परिवर्तनसँगै, खानीहरू बन्द भए। रोजीरोटीका लागि खेतीपाती र पशुपालन हुँदै मल्कबाङका छन्त्यालहरू वैदेशिक रोजगार र त्यसपछि सहरी क्षेत्रमा बसाइँसराई गर्न थाले। यसै क्रममा आफ्नो पुर्ख्यौली जग छोडेर राजधानी काठमाडौं आइपुगेका मल्कबाङबासीबीच आफ्नो भाषा, संस्कार, परम्परा जोगाउन र सुख-दुःखमा हातेमालो गर्न वि.सं. २०७१ सालमा स्थापना भयो—'मल्कबाङ समाज काठमाडौं'। स्थापनाकाल देखि नै दुःख-सुखको सारथी बन्दै आएको यस समाजले हरेक वर्षझैँ यसपालि पनि एउटा सुन्दर जमघटको आयोजना गर्यो। नयाँ वर्ष वि.सं. २०८३ को पावन अवसरमा, समाजका सदस्यहरूबीच आपसी चिनजान, भेटघाट र मनोरञ्जन गराउने मूल उद्देश्यका साथ, २०८३ जेठ ३ गते आइतबारका दिन काठमाडौंको ऐतिहासिक बालाजु बाइसधारामा एक भव्य बनभोज कार्यक्रम सम्पन्न भयो। बिहानको ९ बज्दा नबज्दै सहभागीहरूको आगमन सुरु भइसकेको थियो। कोही पैदल यात्रा गर्दै त कोही आ-आफ्नो साधनमा बाइसधारा आइपुगे। बाइसधाराको त्यो खुला र आकर्षक पार्क, हरियाली वनजंगल, चिसो पवन र खनिजयुक्त कञ्चन पानीको सुमधुर वातावरणले सबैको मन प्रफुल्ल बनायो। सहभागीहरू पुग्ने बित्तिकै स्वादिष्ट खाजा तयार भयो। खाजाको स्वादसँगै भलाकुसारी सुरु भयो। त्यसपछि सुरु भयो रमाइलोको शृङ्खला! महिला दिदीबहिनीहरूको सामूहिक तस्बिर खिचाउने लहर चल्यो; कोही टिकटक बनाउन व्यस्त देखिए भने कोही त्यहाँका वन्यजन्तु र बाँदरहरू हेर्दै रमाए। मध्यान्तर तिर पूरुषहरु खसीका खुट्टासँग पेयपदार्थका स्वाद लिरहेका थिए भने मनोरञ्जनात्मक सांगीतिक प्रस्तुतिमा महिला दिदीबहिनीहरूले सामूहिक नृत्य प्रस्तुत गर्दा बनभोज स्थल गुञ्जायमान बनेको थियो। दिउँसोको स्वादिलो भोजन ग्रहण गरिसकेपछि पुनः संगीत र नाचगानको दोस्रो चरण चल्यो, जसले सबैलाई गाउँकै झझल्को दिलायो। कार्यक्रमको अन्त्यमा, 'अन्नको अपमान गर्नुहुँदैन' भन्ने सामाजिक सद्भावलाई आत्मसाथ गर्दै बचेका खानेकुराहरूलाई व्यवस्थित रूपमा पोको पारेर सहभागीहरूमाझ नै वितरण गरियो। भौगोलिक रूपमा टाढा भए पनि मनले सधैँ एक ठाउँमा छौँ भन्ने सन्देश दिँदै, बालाजु बाइसधाराको त्यो सुखद वातावरण र आत्मीयतालाई एउटा मिठो सम्झनाको रूपमा मनमा सजाएर हामी सबै जना आ-आफ्नो गन्तव्यतर्फ बिदा भयौँ। malkabang samaj, Malkabang samaj kathmandu, Malkabang, Malkabang Myagdi, picnic malkabang, chhantyal picnic, chhantyal association

दुई नदि बिचको एक्लो घर | भुतले बनाएको अचम्मको रहस्यमय ठाउँ | भुतसङ्ग लरेर बाचेका साहासी मान्छेको कथा

हर्कले अबदेखि Balen को विरोध नगर्ने,बालेन पनि हर्ककै लाइनमा आए,दार्चुलाको कष्ट सम्झेर भावुक भए हर्क

Historic Shakela at Sumnima Paruhang Park नयाँ वर्ष मनाउन सुम्निमा पारुहाङ पार्कमा उर्लियो भिड

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 63 || Shyam Rana, Shila Ale, Prakash, Suman

Sakchha Ta Kasaile 🤣😳 | Karikot Village Program | Kaligandaki-1, Syangja 🔥

God Says:"MY CHILD, I NEED TO SEE YOU URGENTLY!"/God Message Now/God Message

घना जंगलमा 3 ओटा बt*च्चा भेटियो। बच्चा कसको अखिर बाउलेनै बहिनि लिएर फरार भएको खुल्यो

ساعة من السكينة مع القرآن❤️😌 | تلاوة هادئة للنوم والاسترخاء🕊️🎧 | Deep Tranquility

सरकारको १०० दिन काम सुन्दा चकित||ओलि,प्रचण्डको कालो कर्तुत भण्डाफोर गर्दै काङ्ग्रेस खुंखार नेता

१ रातमा १ लाख कमाउने गुरुङसेनीको निम्तो 'बास बस्ने गरी आउनु है' ||kiranpaudel

असारे रोपाई - २०८३ असार १५ || Asar 15 Ropai Vlog #parikrama #manavdharma

साइलो दाइ को पोस्टमार्टम रिपोर्ट ले झाक्री नै चकित सहयोग दिएको एक लाख पनि टिप्पर साहु लाइ फिर्ता दिए

Ghatu khoi 2083 kaprek tanahun

हजार मान्छे लुकेको गुफा । Trek to Jugal Base Camp Sindhupalchowk Nepal जुगल हिमाल

The Voice Kids Season 5 - 2026 - Episode 07 | Blind Auditions

१५ वर्षीय धामी विक्रम कार्कीले जमिनमुनिबाट यसरी निकाले करूवा || यसअघि पनि सामान निकालेको दाबी

रानीमहल पुग्न राम्दी-दर्पुक- मझेटा-मन्द्रान-दैलातुङको बाटो । रानीमहलको रहस्य र कथा ।

भाइरल चियावाली श्रीष्टिको रोदन:श्रीमानले मलाइ रोग लागेकै दिन छाडेर एक्लो बनाए|#sargam_podcast_Ep69

रबि र बालेन गुहार्दै पिडितहरु सडकमा। एमाले,काँग्रेस र माओवादीका VIP भकाभक पक्राउ Rabi | Balen Shah

