पशुपतिनाथमा पूजारीको इतिहास #podcast with Binu Pokharel ft Dr Bishnu Dahal #shiv #love Eps#28

GUEST: Prof. Dr. Bishnu Dahal HOST : Binu Pokhrel CAMERA/EDIT: Arya Digital भिडियो भित्र : Podcast With Binu pokhrel, ft. Pashupati ka mul bhatta Prof. Dr Bishnu Dahal आत्मीयजन, नमस्कार कुलवर्ण तन्त्रमा एउटा श्लोक छ । घृणा लज्जा भयं शङ्का जुगुप्सा चैव पञ्चमी । जाति कुलं शीलं चेति अष्टौ पाशाः प्रकीर्तिताः ।। अर्थात् मानिसलाई बाँध्ने घृणा, लज्जा, भय, शङ्का, जुगुप्सा, निन्दा, जाति र कुल (शील) नामका आठ बन्धन छन् । यी आठ पाश अर्थात् (बन्धन)मा बाँधिएको अवस्थालाई पशुवत् अवस्था भनिन्छ । अनि यस्तो अवस्थामा बाधिएका प्राणीलाई त्यो अवस्थाबाट मुक्ति दिलाउने उनै शिवलाई पशुपति भनिन्छ । पशुपतिका पनि तीनवटा पक्ष छन् । पशु, पाश र पति । जो यो जगतको प्रपञ्चमा फसेर अविद्याको घेरा वा बन्धन भित्र रहन्छ, त्यो पशु हो । त्यस्ता जीवलाई ज्ञानको माध्यमले त्यस्तो पाश वा बन्धनबाट मुक्त गराउने चैतन्य शक्ति अर्थात् पति नै पशुपति हुन् । तिनै पशुपतिनाथ हाम्रा राष्ट्रिय आराध्यदेव हुन् । प्राचीन हिमवत क्षेत्रका देव शिवको महिमा कालान्तरमा सिङ्गो भारतवर्षभरि फैलियो र उनी सम्पूर्ण देवहरुका देव महादेव भए । यस हिमवत्खण्डको सभ्यताको सुरुवातकर्ता र योगका आदि गुरु पनि उनै शिव नै हुन् । तसर्थ शिव अनादि हुन् र अनन्त हुन् । त्यसैले शिवको विम्ब र साम्ब या मुर्त र अमूर्त दुबै रुपमा पूजा हुन्छ । मुर्त रुपमा शंकर नाममा र अमुर्त रुप शिवलिंङ्गको । या ब्रह्माण्डिय ऊर्जाको पूजा हुन्छ । शुक्ल यजुर्वेदमा पशुपतिनाथको वर्णन गर्दै लेखिएको छ– ओम् नमः शम्भवायच, मयो भवायच, नमः शङ्करायच, मयस्कराय च, नमः शिवाय च, शिवतराय च ।। यसको अर्थ हुन्छ– समस्त विश्व कल्याणका आधार भगवान् शङ्करलाई नमस्कार छ, सम्पूर्ण संसारको सुखका कारक भगवन शिवलाई नमस्कार छ । स्वयं रचेको यस सृष्टिको सधें कल्याण गर्ने परम कल्याणकारी भगवान शिवलाई नमस्कार छ । सबै कल्याणकारीहरुमा श्रेष्ठ भगवान् सदाशिवलाई नमस्कार छ । तर हाम्रो समाजमा एउटा जवर्जस्त भ्रम छ कि पशुपतिनाथ हिन्दुहरुका देवता हुन् । पशुपतिनाथको समग्रतालाई अध्ययन नगर्ने र सतही सूचना बोकेर हिंड्नेहरुले यस्तो ठान्छन् । तर पशुपति क्षेत्र भित्र हिन्दु देवी देवताका मूर्ति र मन्दिरहरु मात्रै छैनन् । यहाँ शताब्दीयौं देखिका बिहार र स्तुपहरु पनि छन् । भैरव, हनुमानका मूर्ति र मठ पनि छन् । किनकि परापूर्व कालदेखि नै वैदिकहरुले शिवलाई साम्भसदाशिवका रुपमा बौद्धहरुले अवलोकतेश्वरका रुपमा जैनहरुले ऋषव देवको रुपमा सिख, मष्ट, बोन लगायतले थानकोरुपमा पूजा गर्छन् । नाथहरु त शिवलाई श्रृष्टिकै पहिलो गुरुका रुपमा मान्छन्, प्रकृतिपूजक अघोर पनि यहिँ भित्र भेटिन्छन् । सबै सम्प्रदायलाई समेट्ने पशुपतिनाथ हाम्रा राष्ट्रदेव हुन्, हाम्रा कुलदेव हुन् र इष्टदेव हुन् । यस्ता सिङ्गै प्राणी जगतलाई पशुवत अवस्थाबाट मुक्त गर्ने र तुरिय चेतनासम्म पु¥याउने उनै पशुपतिनाथको आराधना गर्न कहिले देखि सुरु भयो ? खासमा मन्दिरहरु त ध्यानस्थल थिए होलान् यि यस्तो ठाउँमा पूजारी राख्ने र पूजा गर्ने ठाउँ कसरी र कहिले भए ? खासमा पशुपतिको मुल पुजारी को हुने र को हुन नपाउने भन्ने पनि नियम छन् । यस्तो नियम कहिले बन्यो ? र कस्ले बनायो ? जस्ता शिव र शिवत्व यस वरपरका संस्कृति र परम्परा वरपर रहेर आजहामी संम्यक् संवाद गर्दैछौं । संसारभरका मन्दिरमा कुनै मूर्तिको पूजा हुन्छ तर शिव मन्दिरमा शिवत्व या शिवलिङ्गको रुपमा ब्रह्माण्डिय ऊर्जाको आरधना गरिन्छ । जो पृथ्वी हुदा या नहुँदा पनि रहने अनन्त सर्वोच्च शक्ति हो । जुन विषयमा आजहामी संवाद गर्दैछौं । मुर्त हुँदै अमूर्त त्यो शक्तिमा पुग्ने यस संवादमा आज हामीसँग हुनुहुन्छ पशुपतिमा पहिलो नेपाली मुल भट्टका रुपमा नियुक्त हुनुभएको पशुपतिको पूर्व मुलभट्ट प्रा डा विष्णु दहाल । जो १५ वर्ष भारतमा नै बसेर पढेर, धेरै वर्ष खालखालका साधनाबाट निस्कनुभएको एक साधक र प्राध्यापक पनि हुनुहुन्छ । म जानकार छु हजुरहरु उहाँलाई सुन्न आतुर हुनुहुन्छ । त्यसैले धेरै नबोली म उहाँलाई संवादमा स्वागत गर्छु है त । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Binu Pokharel Clips)

महायुग: स्त्री चेतनाको पुस्तान्तरण #podcast With Binu Pokhrel, ft. Seema Aaavas
▶︎

महायुग: स्त्री चेतनाको पुस्तान्तरण #podcast With Binu Pokhrel, ft. Seema Aaavas

तन्त्रको शक्ति र देबभक्ती , साधनाले महादेब खुसी , सँगसँगै गण प्रसन्न || स्वामी माण्डव्य ||Lokpath
▶︎

तन्त्रको शक्ति र देबभक्ती , साधनाले महादेब खुसी , सँगसँगै गण प्रसन्न || स्वामी माण्डव्य ||Lokpath

साहित्यकार बिखर्चीका बहु-विवाह र प्रेम कहानीहरु || Mission108 || Raghunath Wagle || Ep 12
▶︎

साहित्यकार बिखर्चीका बहु-विवाह र प्रेम कहानीहरु || Mission108 || Raghunath Wagle || Ep 12

Ep 728 Sadhika Sangita Mata Jee वैराग्य, गृह त्याग देखि संन्यास सम्म कसरी पुग्छ साधक ? भाग २
▶︎

Ep 728 Sadhika Sangita Mata Jee वैराग्य, गृह त्याग देखि संन्यास सम्म कसरी पुग्छ साधक ? भाग २

आमाको काख बिना हुर्किएको दर्द छ म भित्र #podcast With Binu pokhrel, ft.poet Suman Smarika
▶︎

आमाको काख बिना हुर्किएको दर्द छ म भित्र #podcast With Binu pokhrel, ft.poet Suman Smarika

News Today 🟠 Nepali News | Aaja Ka Mukhya Samachar | Nepali News Live | 2083 जेठ 24 गते
▶︎

News Today 🟠 Nepali News | Aaja Ka Mukhya Samachar | Nepali News Live | 2083 जेठ 24 गते

गर्भावस्थामा ३–४ चोटि देवी माता देखेकी थिएँ, अहिले थाहा भयो भगवानको संकेत रहेछ! | Real Story Time
▶︎

गर्भावस्थामा ३–४ चोटि देवी माता देखेकी थिएँ, अहिले थाहा भयो भगवानको संकेत रहेछ! | Real Story Time

ਬਾਬਾ ਸ਼੍ਰੀ ਚੰਦ ਮਾਹਾਰਾਜ ਜੀ ਦਾ ਅਨੋਖਾ ਪਹਿਰਾ Ft. Harmeet kaur Bansa with Badaljeet Singh Maan
▶︎

ਬਾਬਾ ਸ਼੍ਰੀ ਚੰਦ ਮਾਹਾਰਾਜ ਜੀ ਦਾ ਅਨੋਖਾ ਪਹਿਰਾ Ft. Harmeet kaur Bansa with Badaljeet Singh Maan

दुई वर्ष मुस्ताङको गुफामा मौन साधनापछि पाएको दिव्य ज्ञान-२ | Podcast | Tikaram Yatri
▶︎

दुई वर्ष मुस्ताङको गुफामा मौन साधनापछि पाएको दिव्य ज्ञान-२ | Podcast | Tikaram Yatri

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68
▶︎

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68

६ पारमिताहरू के-के हुन् ?
▶︎

६ पारमिताहरू के-के हुन् ?

के हो ज्योतिष शास्त्र ? #podcast With Binu Pokharel ft Jayanta Acharya Eps#8
▶︎

के हो ज्योतिष शास्त्र ? #podcast With Binu Pokharel ft Jayanta Acharya Eps#8

शैव,बौद्ध र जनक दर्शन #Podcast Eps#13 with Binu Pokharel ft, Hari Pokharel
▶︎

शैव,बौद्ध र जनक दर्शन #Podcast Eps#13 with Binu Pokharel ft, Hari Pokharel

Devi Sadhana, Tantra & the Mysteries of Pashupatinath | Sarita Mishra with Namrata Sapkota
▶︎

Devi Sadhana, Tantra & the Mysteries of Pashupatinath | Sarita Mishra with Namrata Sapkota

पत्याउनुहुन्छ? तपाईँ हामीले बोलेको कुरा ब्रम्हाण्डले रिकर्ड गरिरहेको छ Biswa Limbu Podcast S2 Ep 52
▶︎

पत्याउनुहुन्छ? तपाईँ हामीले बोलेको कुरा ब्रम्हाण्डले रिकर्ड गरिरहेको छ Biswa Limbu Podcast S2 Ep 52

म शरीर होइन, आत्मा हुँ! कर्म, पुनर्जन्म र आत्माको यात्रा | सुभाङ्गी राधा देवी दासी | Real Story Time
▶︎

म शरीर होइन, आत्मा हुँ! कर्म, पुनर्जन्म र आत्माको यात्रा | सुभाङ्गी राधा देवी दासी | Real Story Time

दुई आणविक शक्ति चीन र भारतको बीचमा मुस्ताङको युरेनियम   || Nepal Times
▶︎

दुई आणविक शक्ति चीन र भारतको बीचमा मुस्ताङको युरेनियम || Nepal Times

गृहस्थमै बसेर जन्म-मृत्युबाट पार ! The untold Talks With Parama-Spritiual Show-Nepal Drishya
▶︎

गृहस्थमै बसेर जन्म-मृत्युबाट पार ! The untold Talks With Parama-Spritiual Show-Nepal Drishya

Loponma Yangchen Lhamo on How to Practice the 8 Purification and Restoration Vows (Sojong)
▶︎

Loponma Yangchen Lhamo on How to Practice the 8 Purification and Restoration Vows (Sojong)

Ep 356 Dr. Beena Poudyal भैरव मुर्तीको बिज्ञान, संस्कृतिक र तान्त्रिक पक्ष Bhairav of Nepal
▶︎

Ep 356 Dr. Beena Poudyal भैरव मुर्तीको बिज्ञान, संस्कृतिक र तान्त्रिक पक्ष Bhairav of Nepal