डोल्पो समाज द्वारा काठमाण्डौमा आयोजित विशेष धार्मिक कार्यक्रममा छ्योक्ट्रुल ग्याङखाङ रिन्पोछे
ञिङमा सम्प्रदायका सर्वोच्च विद्वान तथा ञिङमा मोन्लम छेन्मोका प्रमुख छ्योक्ट्रुल ग्याङखाङ रिन्पोछेले डोल्पो समाज द्वारा काठमाण्डौमा आयोजित विशेष धार्मिक कार्यक्रममा सहभागिता जनाएका छन्। डोल्पो समाजको निमन्त्रणालाई स्वीकार गर्दै सन २०२६ को अप्रिल १८ तारिख शनिबारका दिन रिन्पोछेले विशेष धार्मिक अनुष्ठानमा सहाभागिता जनाएका हुन्। सो अवसरमा रिन्पोछेद्वारा डोल्पो समाजको नवनिर्मित प्रार्थना हलको विधिवत् प्राण–प्रतिष्ठान सम्पन्न गरिएको छ। साथै समस्त प्राणीहरूको कल्याणका लागि विशेष प्रार्थना तथा पूजाआजा गरिएको थियो। कार्यक्रममा उपस्थित भक्तजनहरूलाई वाङ अर्थात दीर्घायु आशीर्वाद समेत प्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै छ्योक्ट्रुल ग्याङखाङ रिन्पोछेले डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछेलगायत टुल्कु, खेन्पो, साधक तथा भिक्षु–भिक्षुणीहरूलाई हार्दिक टाशी देलेक व्यक्त गरेका छन्। ग्याङखाङ रिन्पोछेले क्याब्जे ड्रुपवाङ रिन्पोछेले बौद्ध शिक्षा आर्जनका लागि नाम्ड्रोलिङ गुम्बा स्थापना गरेको उल्लेख गर्दै उक्त गुम्बामा ङिमा रिन्पोछेलगायत धेरैले बौद्ध धर्म र दर्शनको अध्ययन तथा अभ्यासमा पारङगत भई बौद्ध धर्मको संरक्षणमा महत्वपूर्ण योगदान दिइरहेको बताए। उक्त कार्यक्रममा डोल्पो क्षेत्रसहित विभिन्न स्थानबाट आएका भिक्षु, भिक्षुणी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। ञिङमा सम्प्रदायका सर्वोच्च विद्वान तथा ञिङमा मोन्लम छेन्मोका प्रमुख एवं ड्रुब्वाङ पेमा नोर्वु रिन्पोछेका आध्यात्मिक प्रतिनिधि छ्योक्ट्रुल ग्याङखाङ रिन्पोछे दक्षिण भारतको मैसूरमा/मैसुरुमा अवस्थित ञिङमा परम्पराका नामड्रोलिङ गुम्बाका प्रमुख समेत हुन्। नामड्रोलिङ गुम्बाबाट डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछे र बौद्ध धर्म गुरु शाक्य रिन्पोछेसहित डोल्पो क्षेत्रका हजारौं भिक्षु तथा भिक्षुणीहरूले शिक्षा तथा आध्यात्मिक उपदेश प्राप्त गर्दै आएका छन्। ©Tashi Broadcasting Service Pvt.Ltd. Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. Follow us on Facebook :- / tashi.television #TashiTelevision #TashiNews #Tashitv

Vipassana Is Not What You Think ‒ Dzongsar Khyentse Rinpoche

२५७० औँ बुद्ध जयन्ती विशेष | आचार्य टीका शेर्पा | टाशी टेलिभिजन | Tashi Television

बौद्ध धर्ममा चार आर्य सत्यः चोग्याल रिन्पोछेको प्रवचन | अमितायुस बुद्ध | #buddhism

काठमाडौँमा क्याब्जे ज्योनाङ ग्यालछाब खेन्टुल छ्योकी नाङवा रिन्पोछेबाट विशेष प्रवचन कार्यक्रम सम्पन्न

Who Will Choose the Next Dalai Lama: Tibet, China or the Dalai Lama Himself? | Compass

Boudha || H.H the 41st Sakya Gongma Trichen Rinpoche || H.H 42nd Sakya Trizin Ratna Vajra Rinpoche.

From Shepherd to Spiritual Leader: Journey of H.E. Dolpo Tulku Rinpoche | Naked Mindfulness

I Explored The Religious Side Of Nepal (Hinduism) 🇳🇵

६ पारमिताहरू के-के हुन् ?

Tibetan Monk: A Day in the Life of a Tibetan Buddhist Monk

पवित्र सागा दावाका बारेमा आचार्य टीका शेर्पा | Acharya Tika Sherpa | Tashi Television

रविको चर्चाओली मुर्छा ! बालेन भारत जादै ?ओलीले एमाले सक्ने पक्का ! एनसेल बन्द हुदै ! - RED ALERT

बौद्धमार्गीहरूकोलागि अति महत्त्वपूर्ण उपदेश। जीवन र मृत्युको गहिरो वास्तविकता। Buddhist Teaching.

Nepali news 🔴 आज जेठ २४ गते आइतबार Nepal Post News || nepali samachar live | Jun 7, 2026

H.E. Dilgo Khyentse Yangsi Rinpoche Reveals Inside Story | Naked Mindfulness

Healthy Knees After 30 - घुँडा दुख्नबाट बच्न गर्नैपर्छ एस्सरसाइज |Dr Sandeep Bhandari| |HEALTHFIRST|

Day 1 - Tergar Osel Ling Monastery Grand Opening

बालेन सरकार सिमाको विषयमा स्पष्ट भएको रास्वपा सांसदकाे दाबी : प्रतिपक्षीलाई रुवाबासी नगर्न चेतावनी !

Dalai Lama’s Secret Advisor The Mystery of Nechung Oracle.#monk #buddhism #love #youtubevideo #fypシ

