New Salpa Song | Shambhu Rai | Mina Rai | Soi Raja Soi Soi | Anil Koyee | Suresh Rai Purbeli song
सम्पूर्णमा नमस्कार ! *about this video: #salpasong #newsong #music #nepalimusic साल्पा ... शव्द तथा संगीत संकलन अनिल कोयी राई स्वर शम्भु राई मिना राई एरेन्ज/मिक्सीङ राजु कार्की रेकर्डिष्ट सुरेश वान्तवा बिषण राई रिसिया सुरेश वान्तवा स्टुडियो किङ श्रद्धा रेकर्डिङ सम्पादन गंगा राम राई “हामी आम किरातिहरुको उत्पत्तिको केन्द्र ” — साल्पा सिलिचुङ÷सिलिछो समुन्द्री सतह देखि ३७५० मिटरको उचाइमा रहेकोे साल्पा पोखरी र ४१५५ मिटर उचाइमा रहेको सिलिचुङ÷सिलिछो चुली (साया सिर) सोलुखुम्बु,खोटाङ, भोजपुर र संखुवासभा जिल्लाको सिमा क्षेत्रमा रहेपनी भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्दछ । सिलिचुङबाट देखिने दृश्यहरु भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ,सोलुखुम्बु, ओखलढुंगा जिल्लाका थुप्रै गाउँघर देख्न सकिन्छ । त्यसैगरी हिमालहरु ः मकालु, कंचनजंघा, सगरमाथा, चाम्लंग, दुधकुण्ड जस्ता हिमालहरु आँखै अगाडी देख्न सकिन्छ । त्यस्तै तल हेर्दा आँखै अगाडि साल्पा पोखरीको मनोरम मनमोहक दृश्यलाई आँखा मन मस्तिष्कमा सजाउन सकिन्छ । हामी किरात समुदायको सृष्टि कर्ता आदिम पुर्खाहरु सुम्निमा, पारुहं (पारुहाङ) अर्थात साल्पा रानी साल्पा राजा बसोबास गरेको र किरातिहरुको सृष्टि सुरुवात भएको स्थानको रूपमा साल्पा पोखरी र सिलिचुङ÷सिलिछो क्षेत्रलाई मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा र नाक्छोंगहरुले साल्पा पोखरी र सिलिचुङ÷सिलिछो क्षेत्रलाई आफ्नो गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रूपमा हालसम्म पनि पुजा प्रथाना गर्दै आइरहेको छ । ”सिलि “ भनेको नाच र ”चुंग, छो“ भनेको डांडा, सिर, चुचुरा भन्ने अर्थ हुने गर्दछ । जुन अहिलेको सिलिचुङ÷सिलिछो चुचुरामा हाम्रा आदिम किराती पुर्खाहरु नाच्ने गर्दथे र उक्त चुचुराबाट देखिने भुभाग किरात जातिको बस्ती थियो भन्ने मान्यता छ । यस अर्थमा आम किरातिहरुको लागि साल्पा सिलिचुङ÷सिलिछो बुद्धिष्टहरुको लुम्बिनी, क्रिश्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का – मदिना भने जस्तै किरातिहरुको पनि त्यतिकै महत्वपूर्ण अध्यात्मिक धार्मिक तिर्थस्थल हो । तसर्थ यो किरातिहरुको अमुल्य साँस्कृतिक धार्मिक सम्पदा हो यसलाई संरक्षण प्रबर्द्धन गर्दै वल्र्ड हेरिटेज साइटको रूपमा स्थापित गर्न चाडो भन्दा चाडो तपाई हाम्रो पहल हुन अहिलेको वर्तमान आवश्यकता हो । साल्पा पोखरी सिलिचुङ÷सिलिछो चुली यस्तो मध्य क्षेत्रमा पर्दछ जसलाई वरिपरिबाट सोलुखुम्बु, संखुवासभा, भोजपुर र खोटाङको घना किरात जातिको बस्तिले घेरेको छ । विशेष गरेर कुलुङ, साम्पाङ, कोयु, खालिङ, दुमि, चाम्लिङ, बान्तवा, मेवाहाङ, याम्फु, थुलुङ भाषी किरातिहरुको सघन बस्तिले घेरेको छ । साल्पा सिलिचुङ÷सिलिछोलाई यिनै भाषी किरातिहरुले आफ्नो पबित्र तिर्थस्थल र अध्यात्मिक केन्द्र तथा सृष्टिको केन्द्रको रूपमा मानी आयको छ । किरात जाती बाहेक अन्य जातिले पनि साल्पा राजा साल्पा रानीको पुजा प्रथाना गर्न साल्पा पोखरी पुग्ने गरेको छ । — प्राग इतिहास ः– किरात जातिका सृष्टि कर्ता आदिम पुर्खा सुम्निमा र पारुहाङ अर्थात साल्पा राजा साल्पा रानी बसोबास गरेको र किरात जातिको सृष्टि उत्पत्ति स्थानको रूपमा साल्पा पोखरीलाई नै मानिन्छ । किरात मुन्दुमी, धामी, बिजुवा, नोक्छो, नछुङ, दोवा, नागिरे, कुबिहरुले साल्पा पोखरी र सिलिचुङ÷सिलिछोलाइ आफ्ना गुरु बस्ने स्थान र अध्यात्मिक शक्तिका केन्द्रको रूपमा हालसम्म पनि पुजा प्रथाना गर्दै आयको छ र बर्सेनि हजारौं धामी झाक्री, नाग्छौग, बिजुवा होमेहरु कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा साल्पा सिलिचुङ पुग्ने गर्दछन । मुन्दुमिहरुले संसारको जुनसुकै ठाउमा बसेपनी अध्यात्मिक यात्रा (कउष्चष्तगब िवयगचलभथ) गर्दै साल्पा सिलिचुङसम्म पुग्ने र पुजा गर्ने अनि चोमोलुंमा (सगरमाथा) र नियामा (समुन्द्र सम्मको मैदानि भुमी) सम्मको यात्रा गर्ने गर्दछ । हाल सर्ब साधारणले भने आफ्नो मनोकाङ्क्ष पूरा हुने बिस्वासमा साल्पा सिलिचुङको पुजा प्रार्थना गर्ने गर्दछ । यस साल्पा पोखरिमा बोली नआयको बच्चालाई साल्पा पोखरीको पानीमा छुवाउदा बोलेको थुप्रै उदाहरण छ । त्यसैगरी कुजे भएको मान्छे, विभिन्न बिरामले अन्तिम अवस्था भएको मान्छे त्यहा पुग्दा निको भएको उदाहरणहरु प्रसस्त छन । यस कारण पनि सर्ब साधारणहरुको भिड बर्सेनि बढ्ने क्रम जारी छ । — बीरबहादुर राई सांस्कृती अभियन्ता । Facebook: / jivan.rai.12 G-mail : [email protected] The videos and any items which are uploaded in this channel are strictly prohibited to copy, download and other illegal trade. If we get such activities then we will strike against plagiarism and will charge according to law. And, how is our videos? We expect your positive and negative all kinds of feedback. Most important, If you have such kinds of performance and don't have this kinds of plate form then kindly remember us. Directly contact us through mail: [email protected] यस च्यानलमा रहेको कुनै पनि सामग्री डाउनलोड तथा कपि गरि बिक्रि वितरण तथा अप्लोड गरिएको पाइएमा कपीराइट स्ट्राइक गरिनेछ र कानुन बमोजिम कारबाही गरिनेछ। र तपाईलाई यो सामाग्री कस्तो लाग्यो ? सकारात्मक सल्लाह सुझावको लागि आशा गर्दछौं। यदी तपाई सँग पनि विभिन्न प्रतिभा तर प्रस्तुत गर्न सकिरहनु भएको हुनुहुन्न भने कृ प या हामीलाई सम्झनुहोस्। Video is for Educational purposes only. Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statutes that might otherwise be infringing. Non-profit, educational, or personal use tips the balance in favor of fair use.

Mundum Trail Song || SALPA SILICHUNG || Rajesh Payal Rai , Sunita Thegim,Nirajan Rai,Dwar Singh Rai

"New Nepali Song - Chiuri Chillo Pat | Shambhu Rai || Melina Rai | Official Music Audio"

🎶Top Nepali Evergreen Lok Dohori Hits Songs 2026 |Best Nepali Love Song Collection| Nonstop Lok Geet

आशा बि.सि. र पशुपति शर्माको दोहोरी संगै रमेश राज र पशुपतिको अतितका कुराले दर्शकै लट्ठ । २५.१०.०७८ HD

Mero Pyaro Khotang | Roshan Rai Song |मेरो प्यारो खोटाङ्ग | खोटाङ्गका विभिन्न ठाँउहरुको ड्रोन भीडीयो

किराँत राई सब्भ्याता सङ्ग जोडिएको पबित्र साल्पा पोखरि को दर्सन २०७७ मङ्सिर

पारुहाङले सुम्निमा लाई पाएको ठाउँ | साल्पा सिलिचुङ | Salpa Silichung #parikrama #travelvlog

Kodoko Chhyang Ta Ke Khanu | कोदोको छ्याङ त के खानु | Sunita Thegim,Paresh Rai,Torempa Hang

Duikholi dobhan/दुईखोली दोभान Arun Yonjan /Lila rai new purbeli song 2022

Bhanchan Budapakale

Rai Maila (Gaun Aayeko Bato) - Dayahang Rai | Kali Prasad Baskota | Sunita Thegim | Movie Song 2081

Binayo Kongkong Malaya Hongkong | Krishna Bhakta Rai | Sunita Thegim | Nirvik Rai | Soniya Limbu

जे माग्यो तेहि पाउने ठाँउ कस्तो अचम्मको साल्पा सिलिचुङ || Salpa Silichung Day 1 || Mundum Trail

Timi Tare Bhir । तारेभीर । - Pabitra Subba | Nepali Song | Official MV

Bhaiyoni purano (भैयोनी पुरानो)wilson bikram rai/ Alisha rai/Kabita ale&Anil koyee rai/sunita thegim
![Samjhey Ta Maya - Krishna Bhakta Rai & Mina Rai [ Official LipSync Video ]](https://i.ytimg.com/vi/Q-xevU3kWPY/hqdefault.jpg?sqp=-oaymwEjCNACELwBSFryq4qpAxUIARUAAAAAGAElAADIQj0AgKJDeAE=&rs=AOn4CLA9FwupH0UXpyhTv6vIUbBW7ZfV4g)
Samjhey Ta Maya - Krishna Bhakta Rai & Mina Rai [ Official LipSync Video ]

RAIYA CHANDIKO - Purna Bahadur Ko Sarangi - New Dohori Movie Song | Ft. Bijay Baral, Anjana Baraili

New Purbeli Tipical Song By Buddha Rai॥Basanta Rai(पुर्बको रामदल जुवारी यस्तो हुदो रैछ कठै बरा)

HIDI JANE BATUWAKO - RAJESH PARIYAR | D.R.ATU | SUMAYA RAI | RAJU KARK | JINDAGI FUL SAMJHE FULAI HO

