बौद्धमार्गी ब्राह्मण । Punya Prasad Parajuli
सनातनी ब्राह्मणले कसरी अँगाले बौद्धमार्ग ? बौद्ध धर्म–दर्शनका अध्येता र टिबेटियन भाषाविद् पुण्यप्रसाद पराजुलीको व्यकि्तत्व बहुआयामिक छ । विपश्यना ध्यान पद्धतिको अभ्यासबाट साधना सुरु गरेका उनको जीवनशैली आध्याति्मक र सरल छ । शिक्षण, बौद्ध धर्म–दर्शनको अभ्यास र कुशल अनुवादकका रुपमा साढे तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका उनका बौद्ध धर्म–दर्शनसम्बन्धी दर्जनौं किताबहरु प्रकाशित रहेका छन् । नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा लामो समयदेखि धर्म–दर्शनका प्राध्यापक रहेका उनले विभिन्न चर्चित बौद्ध धर्मका गुरुहरुको शिक्षालाई टिबेटियन भाषाबाट नेपालीमा अनुवाद गरिसकेका छन् । उनले अमेरिकाको कार्लटन कलेजका विद्यार्थीलाई बौद्ध धर्म–दर्शनसमेत अध्यापन गराउँदै आएका छन् । भोजपुरको चराम्बी गाउँमा जन्मी–हुर्किएका पराजुली सानैदेखि बौद्ध दर्शनप्रति आफू जिज्ञासु भएको बताउँछन् । …त्यति खेर गाउँमा सनातनी हिन्दु समुदायमा जातजातिका आधारमा छुवाछूत र विभेद गर्ने प्रचलन थियो, मलाई त्यो मन पर्दैनथ्यो । सबै जातजातिलाई कुनै प्रकारको विभेद नगरी समान व्यवहार गर्ने बौद्घ दर्शनले मलाई प्रभावित पार्यो, उनी भन्छन्, …त्यही भएर मैले यो दर्शनलाई आत्मसात गर्ने निर्णय गरेँ । २०४० सालमा उच्चशिक्षाका लागि राजधानी आएपछि बौद्ध गुरुहरु, रिम्पोचे, लामाहरुसँग उनको सत्संग बढ्दै गयो, उनले यसमा आफ्नो अध्ययनलाई पनि बढाउँदै गएँ । बौद्ध ध्यान–साधना पनि सुरु गरे उनले । एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका सानैदेखि तीक्ष्ण र मेधावी पराजुलीले फिजिक्स, म्याथ्मेटिक्स लिएर बिएस्सी उत्तीर्ण गरे । त्यसपछि भने मानवशास्त्र र बौद्ध दर्शनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे । हिन्दु परिवारमा जनि्मएको व्यकि्तले बौद्ध दर्शन अवलम्बन गर्दा उनको परिवारबाट भने कुनै अवरोध भएन । तर, गाउँका कर्मकाण्डी ब्राह्मणहरुका लागि भने त्यो पाच्य थिएन । …बाहुनको छोरो भएर बौद्ध धर्मतिर किन लाग्नुपर्यो ? आफ्नो सनातन परम्परा भत्काउनु त भएन नि ? त्यस बेला गाउँ जाँदा उनलाई पणि्डत र पुरोहितहरुले यस्तैयस्तै प्रश्नहरु गर्थे । बौद्ध दर्शनलाई जीवन पद्धति बनाउने अठोट गरिसकेका उनी ती प्रश्नहरुको प्रतिवाद गर्न जरुरी ठान्दैनथेँ । …भगवान बुद्धले यो धर्म अँगालेका मानिसले मात्र बौद्धमार्ग अपनाउन मिल्छ भनेर कतै भन्नुभएको छैन, यो कर्मकाण्डी पुरोहितहरुले फैलाएको अफवाह हो । त्यति बेला बुद्धको संघमा पनि ६० प्रतिशतभन्दा बढी ब्राह्मण समुदायका मानिस रहेका थिए, उनी उल्लेख गर्छन् । चार दशकको बौद्ध मार्गको अभ्यास र साधनाबाट आफूमा व्यापक परिवर्तन हुनुका साथै जीवन रुपान्तरण भएको उनको स्वमूल्यांकन छ । …आगामी दिनमा भने बौद्ध धर्म–दर्शन र ध्यान–साधनामै बढी केनि्द्रत हुने योजना छ, उनले भावी योजना सुनाए । #buddhism #tibetanbuddhism #nepal #nepalbuddhism

Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ लाख माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7

हिमाली बौद्धधर्ममा गेलुग्पाको परिचयः लोचवा पुण्यप्रसाद पराजुली #buddhism

के मानव जाति नभए भगवान हुन्थे ?, भगवान कति यथार्थ, कति मिथ्या ? || YOHO BAHAS ||

बाैद्ध धर्ममा 'परिनिर्वाण' । भाेटविज्ञ पुण्यप्रसाद पराजुली | NepalSamaj | Meaning of Parinirvaan

Bodhi TV : Bodhi Pushpanjali (82) | Dharmadhar Narayan Prasad Rijal | बाेधि पुष्पाञ्जली भाग (८२)

बुद्ध धर्म मान्ने हरूले जिवनमा एक पटक सुन्नै पर्ने प्रवचन। शरणगमन बोधिचित्त ङोवाको विस्तृत व्याख्या।

Punya Parajuli टुल्कु परम्परा र अवतारी लामाको रहस्य Secret behind Tulku Reincarnate Lama System

सागाधावामा बुद्धको साधना कसरी गर्ने? महामुनि बुद्धको अधिष्ठानको साधनाको ब्याख्या ।

Lotsawa Punya Parajuli बार्दो (अन्तराभाव) Bardo art of Dying मर्नेलाई मरेपछी जाने बाटो देखाउने बिधी

आचार्य नागार्जुन विरचित सुहृल्लेख। व्याख्या भाग १ ।आचार्य नागार्जुन जीवनी ।Punay Parsad Parajuli

जातक कथाले बुद्ध र बुद्ध अवतारको वर्णन कसरी गर्छ ?Punay Parsad Parajuli।।NB Talk।।

बौद्ध दर्शन, बोध,विस्तार र पर्यटन #podcast With Binu pokhrel, ft.Punya Pd Parajuli || Eps 29

Walks of Life - Tanka Dahal

Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68

Ep 128 सिद्ध सन्त कवि मिलारेपा र उन्का गुरु मार्पा को तप, गुफा र मोक्षको कथा Kalpana Parajuli

wheel of life थान्कामा राखिएको जनवार र रंगहरुको अर्थ के हो? कसरी हाम्रो पञ्च लोक मा जन्म हुन्छ?

मिलारेपाकाे नेपालमा याेगदानः लाेचवा पुण्य पराजुली Contribution of Milarepa in Nepal: Punya Parajuli

मृत्यपछि बौद्ध र हिन्दूहरूको पूजा र संस्कारमा यस्ता फरक छन्ः लोचवा पुण्य पराजुलीसँगको कुराकानी

Ep 130 Punya Prasad Parajuli स्वयंभूनाथ र बौद्धनाथ मन्दिरको ईतिहास History of Soyambhu & Bouddhanath

