Bhushita Vasistha - Menka Gaman (मेनका गमन) - Laxmi Prasad Devkota
Totak Chhanda Written by Laxmi Prasad Devkota Recited by Bhushita Vasistha Music Directed by Aavaas Recorded live during 'Paleti with Bhushita Vasistha: Chhanda Retrospective - April 2019' Menka Gaman Bhushita Vasistha Lyrics by Laxmi Prasad Devkota मेनका गमन भूषिता वशिष्ठ शब्द: महाकवि लक्ष्मी प्रसाद देवकोटा Lyrics: सुन बादल भो सुन सूर्य भए । सुरद्वार खुल्यो सुनको नभमा ॥ सुनको भव भो सुनको जलले । सुन तार बजाउँछ कल्कलले ॥ सुनको छ सिँढी सुरमार्गसरी । अलि लाल गुलाब छरी हँसिलो ॥ झलमल्ल समुज्ज्वल कान्तितिर । दिन हेर्छ सुवर्णपुरीशिखर ॥ अब दिव्य हिरण्मयको प्रहर । दिन पुग्दछ स्वर्ग उडी सहजै ॥ सुन- पङ्ख लिई सुनको चिडिया । मन देख्दछ क्या ! सुनको शहर ॥ सपना दिउँसै सब चक्षुअघि । सुनबाट सुगन्धसमान खुल्यो ॥ अब शीतल शान्त समीरणले । मन लग्दछ सुन्दर मन्दिरमा ॥ पृथिवी सुनले सब छाइदिँदा । सुरका पुरको सुन कान्ति हुँदा ॥ सुरलोक भनीकन देवपरी, छकिईकन आउँदछन् कि झरी ? दिनको सपना रचना रसिलो । अब पुग्छ चढी सुनको शिखर ॥ रविले कवि भै छवि छाइदिँदा । अब धप्प भयो सुनको शहर ॥ म त हेर्दछु आज रही तटमा । वनमा जलको सुन-छल्छलमा ॥ दरबार बनाउँछ कल्कलले । घनका प्रतिबिम्बित टल्पलमा ॥ सुन झन्झन छन्छन शब्द भरी । घुँघुरा जलका श्रुतिरञ्जन छन् । अलि-गुञ्जन झैं जल-भञ्जन ती । सुन मञ्जुल शब्द सुनाउँदछन् ॥ लहरी कति भयाउ किनार हुँदै । झलमल्ल झरीकन छर्बरिंदै ॥ हरिया भुइँमा बहुरत्न लडी । लयदार बने झलमल्ल गुडी ॥ हरियो वनमा नव बैंस हुँदा । नव पल्लवका अधराऽसवले ॥ मदमत्त छ कोकिल काल बुझी । वनबीच वसन्त र स्वर्ग सुझी ॥ ऋतुराज छ आज यहाँ वनमा । छ वसन्त उहाँ घनका सुनमा ॥ सुनमा पनि आज सुगन्ध रस । छ फुलेर हुँदो सपना सरस ॥ लतिका पतिका सुकराश्रयमा । सुनको पलमा ध्वनि कोमलमा ॥ “सुनकेश परी तल हेर, झरी !” अति शब्द सुनेर फुली नखरी ॥ सुनकी तनकी सुनकेश परी । जुन साँझ भनी नरले कहिने ॥ सिउरेर गुलाब मुसुक्क बनी । विहगाबलिले कति चारु बनी ॥ कि त मायिक मोह रची झलल । सुरको दरबार बसेर छल ॥ दुनियाँ सबमा अब मोह रँग । करबाट बढाउँछ झन् दुगुना ॥ मृगशावक हेर फुरुक्क पयो । सुनको दुनियाँ जब सामु भन्यो | पिउनाकन वारि नदीतटमा । जब त्यो शिशु चञ्चल भै दगु ॥ म त एक परी मृदुलाधरकी । मृदु रेशममा हरियो वनको ॥ पतला भुइँमा बहुपुष्प जडी । सँगिनी यस ठाउँ बनाउँदथें ॥ कुसुमाऽधरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ जलका घुँघुराहरुबाट कथा । कति दिव्य रचेर सुनाउँदथें ॥ उ मुसुक्क गरेर गुलाब बनी । कति हाउ र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी दिलमा सपना कहने ॥ म बताउँदर्थे कसरी दिलमा । सुन साँझ पसी सब सभ्य बने ॥ कसरी चिडिया पनि गान बने । कसरी कविता जलबाट बुने || अनि ल्याउँदथें जलरत्न पनि । उसका शिरलाइ जुहार दिन ॥ अनि निर्झरिणी सुनकी सुनिँदा । उत नृत्य बनी म त गाउँदथें ॥ उनका मृदु अङ्ग प्रसङ्गसँग । कुसुमान्वित भै मलयाऽनिलमा || सब प्राकृत प्रेरणले रसिला । प्रबलीकृत भाव हिलाउँदथे ॥ अनि अस्फुट पल्लव भावहरू । मृदु आउँदथे उनका मनमा ॥ सुन छाउँदथे उनका शिरमा । सुन तार बजाउँदथें करमा ॥ जल झल्झल प्रेम लिई गहमा । रहँदा वनमा उनका सँगमा ॥ वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥ सब नृत्य गरीकन भाव भरी । नजरैअघि हेर यही मधुरी ॥ तपको मद भङ्ग हुने ऋतुमा। यस सुन्दर काननमा नृपति ॥ गह बन्द गरी अवहेलनले । रहँदा तर इन्द्रसमेत गले ॥ (द्रुतविलम्बित) कनककान्ति छ बादल खुट्किला । सुरपुरीतिरको नभ सान्ध्यमा ॥ पयर चट्ट उचाल्न तयार ती । उपर हेरन ! चित्रित मेनका ॥ समय सुन्दर सान्ध्य सुवर्णको । मदनमन्दिरमा वन पर्णको ॥ जलनिनाद लिँदी ललितांशुका । तल झरिन् पृथिवीतिर मेनका ॥ मधुर शिल्पकला जिउँदो बनी । युवति चित्र उडान तयार छ । कुसुमबीच वसन्तविहारको । नृपतिका दरबारसमीपमा ॥ प्रकृत पड्ख लिएर सुहाउँदो । सदृश छन् नभमा अब अप्सरा ॥ सुन गुलाब त्यहाँ सब फुल्दछन् । मधुर पड्ख फिंजी मृदु बोल्दछन् ॥ "तल भरूँ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपङ्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर झील रँगाउन हेर्दछन् । अब त्यसै उनले पनि गर्दछन् । तल भरूँ कि भनेर त्यहाँ तिनी । लघुतनी हलुकासँग ओर्लिइन् ॥ कुसुम त्यै मनले मलयाऽनिल- चपतमा धरणीतिर झर्दछन् ॥ शबल पङ्खहरू तरुमा अडी । तल सफा जल प्यूँन मसक्क भै ॥ प्रथम फर्फरले अघि हुत्तिई । उर अगाडि दिई अलि कर्किदै ॥ जुन प्रयत्न गरीकन दृष्टिको । मधुर पात गरी तल हेर्दछन् ॥ सदृशता त्यसको उनमा थियो । जब तिनी पृथिवीतिर फर्किइन् ॥ बहुत दूर हुँदा चिडिया थिइन् । जलद उज्ज्वलका चयबीचमा ॥ अब बनिन् सुमुखी तल ओर्लिंदी । कवि घनीकृत झैं सुषमा कुनै ॥ हृदयव्योमसुवर्णविहारिणी । मधुरमादकपङ्खप्रसारिणी ॥ विहग आवलिले कलभाषिणी । अनुपमा सपनासरि छन् तिनी ॥ मदनशासनकाल धरातिर । मृदुलपड्ङ्ख रँगीन सुरेख भै ॥ कुसुमरम्य उडीकन आउँछन् । पवनमा हलुका गतिले भरी ॥ Full lyrics: https://paleti.com.np/record/menka-gaman Playlists: Bhushita Vasistha - • Bhushita Vasistha - Geet Govinda Laxmi Prasad Devkota - • Robin Sharma - Kun Mandir Maa (कुन मन्दिरमा) Recording Code: P870 Co-ordinator: Aavaas © nepa~laya ------------------------------------------------------ Follow Paleti Nepalaya: Facebook: / paleti Twitter: / paletiofficial Instagram: / paletiofficial Website: https://paleti.com.np/ Subscribe to our channel for new videos - https://www.youtube.com/paleti?sub_co... #Paleti

Bhushita Vasistha - Ek Sundari Beshya Prati (एक सुन्दरी वेश्या प्रति) - Laxmi Prasad Devkota

Bhushita Vasistha - Gauri (गौरी)

महाकबि Laxmi Prasad Devkota को छोरीको घर पुग्दा, महाकबिको भित्री कुराहरु यस्तो पनि थियो।

Why is FEMINISM an eight letter empty word? Examining through the lense of Sita|| Bhushita vasistha

Ek Sundari Beshya Prati | Laxmi Prasad Devkota | Nepali Poem Recitation

Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali

COMEDY NIGHT WITH CHAMPIONS Chapter 2 || Episode 61 || Ranju Darshana, Pukar Bam and others

काण्डै काण्डकी नेतृ आरजु राणा, इ–पासपोर्टमा ७ अर्वको खेल, बालेनको ठाडो आदेशमा महानिर्देशक पक्राउ ।

Kun Mandir Ma - Robin Sharma - KRIPA UNPLUGGED SEASON 2

Bhushita Vasistha - E Sanai Umer Dekhi Man Harna Lage (इ सानै उमेरदेखि मन हर्न लागे)

Unko Bhi Humse Mohabbat Ho Jaruri To Nahi (Cover) | Soulful Ghazal

Bhushita Vasistha - Dagbatti (दागबत्ती)

Manka-Gaman | Sakuntala | Laxmi Prasad Devkota | Purnima Lama | Dr. Govinda Acharya

भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

"तिमीले त हाेईन" Timle Ta Hoina - Bachhu Kailash | Romantic Lyrical Song | Music Nepal Official

फूल जिन्दगी र जून

Ankita Pun - Maili (माइली ) | Live | Moonlit Restaurant and Bar, Dang, Nepal

Paleti - Chhanda Retrospective with Bhushita Vasistha 'Episode 1'

लक्ष्मी प्रसाद देबकोटाबारे के भन्छन् दाहाल यज्ञनिघि । Laxmi Prasad Devkota Special

