अवैध ड्रग्ससहित एक पक्राउ! || दार्जीलिङ पुलिसको ठुलो सफलता || ८०० प्रतिबन्धित क्याप्सुल बरामद !!
#DarjeelingPolice #DrugBust #DarjeelingNews #NDPSAct #CrimeNews #SiliguriToDarjeeling #breakingnews दार्जीलिङ: दार्जीलिङ सदर थाना पुलिसले एक विशेष अभियान चलाएर भारी मात्रामा प्रतिबन्धित लागुऔषध (क्याप्सुल) सहित एक युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा सदर थानाका प्रभारी (I/C) सौभिक मजुमदारको सुपरिवेक्षणमा एसआई तीर्थप्रतिम रोय, एसआई अरूप देवनाथ र सदर थाना पीसी टोली (PC Team) सम्मिलित प्रहरी टोलीले दार्जीलिङको आर.एन. सिन्हा रोडस्थित सरकारी उच्च विद्यालय (Government High School) नजिकै एक शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार दार्जीलिङ बजारतर्फ गइरहेका ती व्यक्तिको पहिचान दार्जीलिङ सदर थाना अन्तर्गत भूटिया बस्ती निवासी प्रह्लाद बराइलीका छोरा निकोलस बराइलीका रूपमा गरिएको छ। ८०० वटा प्रतिबन्धित क्याप्सुल बरामद प्रहरी टोलीले कानुन बमोजिम स्वतन्त्र साक्षीहरू र सदर थाना प्रभारीको उपस्थितिमा निकोलसको खानतलासी गर्दा उनको साथबाट भारी मात्रामा लागुऔषध बरामद गर्यो। उनको पासबाट 'डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड', 'ट्रामाडोल हाइड्रोक्लोराइड' र 'एसिटामिनोफेन' मिसावट भएका १०० वटा स्ट्रिप (प्रति स्ट्रिप ८ क्याप्सुल, जम्मा ८०० वटा क्याप्सुल) बरामद गरिएको छ। उक्त प्रतिबन्धित औषधि ओसारपसारका लागि उनीसँग कुनै पनि वैध कागजात थिएन। सिलगढीबाट ल्याइएको खुलासा प्रहरी सोधपुछका क्रममा आरोपीले दार्जीलिङ र आसपासका क्षेत्रमा अवैध नाफा कमाउने उद्देश्यले बिक्री वितरण गर्नका लागि उक्त प्रतिबन्धित औषधि राखेको कुरा स्वीकार गरेका छन्। उनले यो लागुऔषधको खेप सिलगढी क्षेत्रबाट खरिद गरेर ल्याएको पनि खुलासा गरेका छन्। यस घटनाको सम्बन्धमा दार्जीलिङ सदर थानामा आरोपीविरुद्ध एनडीपीएस (NDPS) ऐनका सान्दर्भिक धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी पुलिसले थप अनुसन्धान सुरु गरेको छ। Facebook Page: https://www.facebook.com/profile.php?... Facebook Profile : / zafar.akil.9 Instagram : / himali_channel520 X : https://x.com/himalichannel62 X : https://x.com/ZafarAqueel786 #himalichanneldarjeeling #darjeelingnews #insidestory #himalieyesonyou

सडकमा फर्किए नगर प्रहरी, ‘कर्तव्यबाट भाग्दैनौँ’ || SIDHAKURA ||

ཨ་རིས་བོད་རྒྱ་གྲོས་མོལ་དགོས་པའི་རེ་སྐུལ་གནང་བ།U.S. asks China to resume Talks with HH the Dalai Lama

जान्नेलाई छान्ने भन्नेले नै मौका मिले हान्ने? तलब भत्ताले नपुगेर फेरि स्वकिय सचिव पनि?HEMANTA SEDHAI

Hindu Terror Origin, 26/11 Attacks, Ishrat Jahan Case, Malegaon Blast, Beant Singh| RVS Mani |EP-431

के चिनामा पूर्वजन्म,भविष्य र मृत्यु पहिल्यै लेखिएको हुन्छ? चिना नहुनेले भाग्य कसरी हेर्ने? | RST

CM Suvendu Sweeps the Road at Kolkata’s Rath Yatra... Pulls the Chariot, Performs Prostration, Wa...

Iran War: IRGC’s Seemingly Infinite Array Of Missiles and Drones Upends Trump Gameplan |Vantage

Ncell लाई पोस्नेहरु, देशलाई कंगाल पार्नेहरुको कथा | Lead Explainer

अली जौहर यूनिवर्सिटी को लेकर हाहाकार, बुलडोज़र चला तो यूनिवर्सिटी ख़त्म हो जाएगी

टिस्टाको बढ्दो कटानले पहाड संकटमा, NH-10 देखि टिस्टा बजारसम्म उच्च जोखिम

News🔴today nepali news aaj ka mukhya samachar taja l Thursday

Coffee Par Kurukshetra | Saurav Sharma : 20 जुलाई से पहले NDA दो तिहाई ! | Delimitation Bill | Modi

Blue Angels set to fly at Seafair as planned despite viral low flyover video debate

Decode: Indonesia — 1000 साल पुराने शिव मंदिर में PM Modi | Sudhir Chaudhary | Prambanan Temple

प्रेमप्रसाद आचार्यकी पत्नीको सरकार र गृहमन्त्रीलाई आग्रह | NANUKA ADHIKARI | PRASTA PRASHNA S02E18

Pawo Loga RANGZEN Gyalo | Mysore | Tibetan Vlogger

ओशो नै सेक्स गुरु ! Osho, Sex, Tantra & Sadhana l Swami Aatmo Neerav l Stories with Sujan #94

तेह्रथुममा भेटियो यस्तो अचम्मको ठाउँ | छाता जस्तै छाते ढुङ्गा | वन झाँक्रीले बनाएको रहस्यमय ठाउँ

घरमै छापिन्थ्यो नक्कली नोट, बुटवलमा यसरी भयो नक्कली पैसा छाप्ने गिरोहको पर्दाफास Butwal ma Nakkali

