EDIS हट्दै, सेयर कारोबार अब झन् सजिलो! | Nepal Stock Market Revolution
Streamlining the Digital Evolution of Nepal's Capital Market #NepalStockMarket, #EDIS, #CDSC, #NEPSE, #ShareMarketNepal, #DigitalNepal, #CapitalMarket, #InvestingNepal, #StockTrading, #NepalInvestors Lets outline significant technological upgrades spearheaded by CDS and Clearing Limited to simplify the Nepalese capital market. These reforms aim to eliminate manual hurdles by allowing decentralized account updates and implementing automated systems for transferring share costs between accounts. A major highlight is the development of a seamless electronic transfer system within trading platforms to prevent investors from facing heavy fines for missing settlement deadlines. Furthermore, the updates facilitate easier tax documentation through brokers and introduce electronic voting for corporate meetings to encourage participation from international investors. Overall, these initiatives are designed to enhance market transparency, reduce administrative burdens, and provide a more user-friendly experience for both domestic and global traders. ईडीआइएसको (EDIS) झन्झट अन्त्यतिर: लगानीकर्ताका लागि सेयर कारोबार हुँदै सरल र सहज नेपालको पूँजी बजारमा लामो समयदेखि लगानीकर्ताले भोग्दै आएका विभिन्न झन्झटहरू अब क्रमशः अन्त्यतिर पुगेका छन्। CDS and Clearing Limited (सीडीएससी) ले प्रविधिमैत्री सुधारहरू लागू गर्ने र केहीलाई अन्तिम चरणमा पुर्याउने कार्यलाई तीव्रता दिएको छ, जसले देशभित्र तथा विदेशमा रहेका लाखौं लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। सबैभन्दा महत्वपूर्ण परिवर्तनमध्ये एक, नाबालिकबाट साबालिक हुने क्रममा हितग्राही (डिम्याट) खाता अद्यावधिक गर्न काठमाडौँ नै धाउनुपर्ने बाध्यता हटाइएको छ। अब देशभर रहेका निक्षेप सदस्य (डीपी)का शाखामार्फत सहज रूपमा यो प्रक्रिया पूरा गर्न सकिने भएको छ, जसले सेवामा पहुँचलाई थप विकेन्द्रीकृत बनाएको छ। यसैगरी, लगानीकर्ताले आफ्नै डिम्याट खाताबाट अर्को खातामा सेयर स्थानान्तरण गर्दा लागत मूल्यको भारित औसत स्वतः सर्ने व्यवस्था कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ। यसले पोर्टफोलियो व्यवस्थापनलाई अझ पारदर्शी र व्यवस्थित बनाउनेछ। सेयर बिक्रीपछि अनिवार्य रूपमा गर्नुपर्ने EDIS प्रक्रियाको झन्झट हटाउन सीडीएससीले नयाँ प्रणाली विकास गरिरहेको छ, जसअनुसार TMS प्रणालीबाटै तत्काल सेयर हस्तान्तरण सुरु गर्न सकिनेछ। यसले EDIS नगर्दा क्लोजआउटमा परेर २० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने समस्या हटाउने मात्र होइन, ब्रोकर कार्यालयको कार्यभार पनि उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ। पूँजीगत लाभकर सम्बन्धी सिफारिसका लागि सीडीएससीको कार्यालय धाउनुपर्ने बाध्यता पनि अब हट्दैछ। लगानीकर्ताले आफ्नै ब्रोकरमार्फत सिधै सिफारिस लिएर कर चुक्ता प्रक्रिया अगाडि बढाउन सक्नेछन्, जसले समय र लागत दुवै बचत गर्नेछ। अर्कोतर्फ, सीडीएससीले ब्रोकरहरूलाई API सुविधा उपलब्ध गराएसँगै कारोबार अवधिमै खातामा आएको सेयर TMS बाटै बिक्री गर्न मिल्ने व्यवस्था विस्तार भइरहेको छ। केही ब्रोकरहरूले यो सुविधा लागू गरिसकेका छन्, जसले बजारलाई थप गतिशील र तरल बनाउने संकेत दिएको छ। हकप्रद तथा बोनस सेयरको मूल्य समायोजनपछि भारित औसत स्वतः कायम गर्ने पहल पनि सकारात्मक दिशामा अघि बढिरहेको छ। हालको प्रणालीमा माउ सेयर बिक्री भइसकेपछि प्राप्त बोनस तथा हकप्रद सेयरको मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले गणना हुने हुँदा वास्तविक नाफा–नोक्सान अनुसार कर समायोजन गर्न कठिनाइ भइरहेको गुनासोलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ। यसका अतिरिक्त, साधारणसभामा अनलाइन मतदान (e-voting) प्रणाली लागू गर्ने तयारी पनि भइरहेको छ। यो सुविधा कार्यान्वयनमा आएपछि विदेशमा रहेका लगानीकर्ताले समेत प्रत्यक्ष सहभागिता जनाउन सक्नेछन् भने नक्कली प्रोक्सीमार्फत हुने अनियमितता नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

बालेनको ठुलो एक्सन : १८०० रोपनी खाने भूमाफियाको फाइल खुल्यो, कसैलाई नछाड्ने !

सेयर घट्ने कि बढ्ने कसरी थाहा पाउने? Master Double Candlestick Patterns | Sachet Lagani

हर्कले गरे गृहमन्त्रीलाई खरो प्रश्न! sudan gurung | harka sampang | parliament nepal | samsad bhawan

लाखको सेयर २ करोड कसरी भयो? १० हजारलाई ६ करोड बनाउने सूत्र! Subash Chandra Bhattarai

आर्थिक विधेयक २०८३ ले प्रदान गरेका कर छुट तथा मिनाहाहरू || Full Session Video || Nepal Budget 2083 |

यति कुरा हेरेर किने सेयर बजारमा कहिलै घाटा हुदैन | Financials Ratio In Nepali | Nepal share market

Short Selling in Nepal | Everything You Need to Know | New Policy in NEPSE

Secrets of Auction Market | राम्रो नाफा कमाउने मौका | Step by Step Guide | Nepal Share Market

एकाएक राजनीतिमा ठूलो भुइँचालो ! दरबार हत्याकाण्डबारे डा. सुरेन्द्र गोप्य खुलासा | Dr surendra kc |

संसदमा रास्वपाका सांसदहरुको आक्रामकरुप: अर्थमन्त्री स्वर्णिमको खेदो खन्ने प्रतिपक्षलाई दिए कडा दनक !

CEDB Analysis, धनी बनाउने stock हो कि फसाउने ? Financial Report र Real Price Analysis!

I'm going on an alpaca tour

के एसआइपीमा साँच्चै समस्या छ ? || KURA PAISAKO | EP 42

हरेक सेक्टरको उत्कृष्ट कम्पनी / दीर्घकालीन लगानीको लागि उपयुक्त / every sector top company/ shree

सेयर गफ: किन्न सबैले सिकाउँछन् तर बेच्न सिकाउँदैनन्, बेच्ने कसरी? | Sanjog Koirala & Basanta Pandey

Master Volume Analysis in NEPSE || Volume हेरेर कसरी trade गर्ने | Full Guide

बजारमा मिश्रित संकेत, लगानीकर्ता अझै ‘पर्ख र हेर’को मनस्थितिमा, विश्लेषक भन्छन्– अझै दिशा स्पष्ट छैन

अब सेयर बजारमा कसैको पैसा डुब्दैन! बालेन र स्वर्णिमलाई छोटेलालको 'अचूक' सुझाव | Chhote Lal Rauniyar

लगातार दोस्रो दिन गिरावट! NEPSE मा Buyers कहाँ हराए? | Nepse Analysis Today | MindProfit

