नेपालमा बजेट तर्जुमा ,कार्यान्वयन ,अनुगमन सम्बन्धि जानकारीहरु budget formation process in Nepal
बजेट के हो ? मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकासका लागि सरकारले एक आर्थिक वर्षमा गर्ने खर्च र सो व्वयस्थापनका लागि उपयोग गर्ने आयका स्रोतहरूको अनुमानित विवरण समेटिएको महत्त्वपूर्ण दस्तावेज नै बजेट हो । संविधानमा उल्लेख भएका राज्यका नीति निर्देशक सिद्धान्त र राज्यका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनका निम्ति बजेट उपयोग गरिन्छ । मुलुकको आर्थिक स्थायित्वका निम्ति आर्थिक विकास र समृद्धि हासिल गर्ने महत्त्वपूर्ण औजारको रूपमा बजेटलाई लिने गरिन्छ । राजनीतिक दल तथा जनप्रतिनिधिहरूले नागरिक समक्ष गरेका राजनीतिक प्रतिबद्धता तथा घोषणाको सम्बोधन बजेटमार्फत हुने र संसदबाट अनुमोदन गरिने भएकाले यसलाई राजनीतिक दस्तावेजका रूपमा लिइन्छ । संसदबाट अनुमोदन भएपश्चात कानुनी दस्तावेजको स्वरूप बजेटले धारण गर्छ । यसर्थ बजेट मुलुकको आर्थिक मात्र होइन, राजनीतिक र कानुनी दस्तावेज पनि हो । बजेट चक्र बजेट निर्माणको तयारी, बजेटको वैधानिकता, बजेट कार्यान्वयनका साथै बजेट मूल्यांकन पृष्ठपोषणसम्मका चरण र यिनै चरणहरूको पुनरावृत्तिलाई नै बजेट चक्र भनिन्छ । नेपालको संघीय बजेट निर्माणका यी चरणहरूलाई यहाँ प्रस्तुत गरिएको छ । क) बजेट निर्माणका चरण १) कुल बजेटको आकार सीमाङ्कन तयार गर्ने बजेट निर्माणको यस चरणमा निम्नलिखित कार्य सिलसिलेवार रूपमा गरिन्छ । गत आर्थिक वर्षको समीक्षा यस आर्थिक वर्षको प्रक्षेपित अवस्था र मध्यकालीन खर्च संरचनाको आधारमा सम्बन्धित निकाय, मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले नीतिगत छलफल गरी आगामी वर्षको बजेट प्रक्षेपणको प्रारम्भिक प्रतिवेदन तयार पारिन्छ । स्रोत अनुमान समितिद्वारा देशको समष्टिगत वर्तमान स्थिति, जस्तै: कुल गार्हर्थ्य उत्पादन, वित्तीय स्थिति, शोधान्तर स्थिति, भुक्तानी सन्तुलन, करको लचकता, राजस्वको प्रक्षेपण आादिको विश्लेषण गरी स्रोत साधनको प्रारम्भिक प्रक्षेपण तयार गरी सिफारिस गरिन्छ । स्रोत समितिद्वारा कुल बजेटको आकार र सीमा निर्धारण गर्ने कार्य गरिन्छ । २) बजेट सीमा र मागदर्शन पठाउने राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रतलयले स्रोत समितिले तयार गरेको सीमाभित्र चालू र कार्यगत बजेट तथा वित्तीय व्यवस्थासहितको बजेटको सीमा र मार्गदर्शन तयार गर्ने गर्छ । यसरी तयार गरेको बजेटको सीमा र मार्गदर्शन (Line Ministry Budgetary Information System -LMBIS)मा प्रविष्टि गरी सम्बन्धित मन्त्रालयमा पठाइन्छ । मन्त्रालयले आफू मातहतका निकाय, विभाग, कार्यालय, आयोजना आादिमा बजेटको सीमा र मार्गदर्शन (LMBIS)मा प्रविष्टि गरी पठाउनुपर्छ । कायर्क्रम तथा बजेट तयार गरी पेस गर्ने (मध्यमकालीन खर्च संरचनासहित) । मन्त्रालयहरूले तयार गरी पठाएको सीमा र मार्गदर्शनभित्र रही सम्बिन्धत इकाइगत कार्यालय र आयोजनाहरूद्वारा मध्यमकालीन खर्च संरचनासहितको बजेट तयार गरी सम्बिन्धत विभागमा पठाइन्छ । उक्त बजेटको आधारमा आफ्नोसमेत बजेट तयार गरी सम्बिन्धत विभागहरूद्वारा LMBIS मा प्रविष्ट गरी सम्बिन्धत मन्त्रालयहरूमा पठाइन्छ । सम्बिन्धत मन्त्रलयद्वारा यसरी प्राप्त हुन आएको बजेटमा आफ्नो बजेट समेत तयार गरी LMBIS मा प्रविष्ट गरिन्छ । यसरी तयार भएको बजेट र मन्त्रालयको बजेट तथा कार्यक्रमसमेत समावेश गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा LMBIS मार्फत पठाइन्छ । ३) राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको परामर्शमा राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदानबापत प्रदेश र स्थानीय तहलाई अनुमानित स्रोतको विवरण उपलब्ध गराइन्छ । ४) कार्यक्रम तथा बजेट उपर छलफल (मध्यमकालीन खर्च संरचनासहित) सम्बिन्धत मन्त्रालयबाट LMBIS मार्फत तयार गरी पठाइएको बजेटमाथि राष्ट्रिय योजना आयोगमा कार्यगत र निकायगत रूपमा नीतीगत छलफल गरिन्छ । सो नीतिगत छलफलका आधारमा निकायगत रूपमा बजेटको खर्च शीर्षकगत छलफल अर्थ मन्त्रालयमा गरिन्छ । छलफलको टुङ्गो लागेपछि राष्ट्रिय योजना आयोग र आवश्यकतानुसार सम्बन्धित मन्त्रालयसमेतको परामर्शमा अर्थ मन्त्रालयद्वारा बजेटको अन्तिम मस्यौदा तयार पारिन्छ । ५) संघीय संसदमा बजेटको प्रस्तुति र पारित बजेटको अन्तिम मस्यौदामा आगामी आर्थिक वर्षको समग्र बजेटको स्वरूप मन्त्रउपरिषदबाट स्वीकृत गरिन्छ । संसदबाट स्वीकृत बजेट अर्थमन्त्रीद्वारा बजेट वक्तव्यमार्फत संघीय संसदमा प्रस्तुत गरिन्छ, जसमा मुख्यत: राजस्व प्रक्षेपण, बाह्य सहयोगबाट प्राप्त हुने अनुदान एवं ऋण सहायता, आन्तरिक ऋणको प्रक्षेपणसहित बजेटको उद्देश्य, नीति, प्राथामिकता, दीर्घर्कालीन एवं योजनाले निर्धारण गरेका आगामी वर्ष संचालन गरिने कार्यक्रमहरू समेटिएको हुन्छ । ख) बजेट कार्यान्वयनको चरण बजेटमा उल्लेख गरिएको स्रोत साधन संकलन गर्ने तथा वितरण गर्ने या भनौँ सरकारको नीति तथा कार्यक्रमको उद्देश्य प्राप्तिका लागि बजेटमा उल्लेखित कार्य सम्पन्न गर्ने कार्य नै बजेट कार्यान्वयन हो । आम्दानी तथा खर्चको स्पष्ट पारदर्शी यथार्थपरक चुस्त दुरुस्त लेखा तथा अभिलेख राख्ने कार्य पनि यस चरणमा पर्छन् । आर्थिक ऐन, नियमावली, सार्वजनिक खरिद ऐन, नियमावली तथा अन्य कानुनहरू, नियम, कार्यविधि, मापदण्ड आदिको अधीनमा रही मन्त्रालय विभाग तथा अन्य इकाइगत कार्यालयहरूले कार्यान्वयन गर्ने गर्छन् । बजेट सूचना प्रणाली LMBIS बाट प्राप्त हुने कार्यक्रमलाई स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी सम्बिन्धत कोष तथा लेखा नियन्त्रक कार्यालयहरूले कार्यान्वयन एकाईलाई बजेट निकासा गर्छन् । ग) बजेट मूल्यांकनको चरण यस चरणमा बजेटको लक्ष्य, उद्देश्यअनुरूप बजेटको प्रभावकारी कार्यान्वयन भए/नभएको समीक्षा गरिन्छ । बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम भए/नभएको जाँच गरिन्छ । लेखापरीक्षण एवं प्रतिवेदन (Auditing and Reporting)काे कार्य पनि यस चरणमा पर्छ । सरकारी कार्यालयहरूको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालयले गर्ने गर्छ । #budget #pscworld

दिगो विकास र दीगो विकासका लक्ष्यहरु

What is Budget ? ( बजेट के हो ? बजेट सम्बन्धि सम्पूर्ण जानकारी)-By Ram Prasad Joshi | www.ottish.com

LEADER जस्तै कसरी बोल्ने? | How to Talk Like Leader | Audiobook Summary in Nepali | Nepalithinks

बजेट २०८३/८४ : के राम्रो? के चुनौती? सम्पूर्ण विश्लेषण

यसरी बनाउँछन् स्थानीय तहले बजेट || LOKPATH

बजेट के हो? || बजेट सम्बन्धी सम्पूर्ण जानकारी || What is budget? || लाेक सेवा तयारी ||

NEPAL NEW BUDGET Explained || IN-Depth Story

Can a Zen Master Outsmart a Psychoanalyst? || Dr.Yogi Vikashananda @ManokrantiCentre - 2789

म ले प को ६३ औं प्रतिबेदन

Where is India's Economy Heading Amid West Asia Crisis? | Economist Neelkanth Mishra | EP-421

Dark Side of SIP in Nepal | Detailed Analysis | SIP सुरक्षित छ ?

Kishore Ajwani Podcast: Nepal के नए PM Balen Shah ने VIP कल्चर पर बैन लगाया | Nepal School Explainer

11-06-26 Sukhmani Sahib Full Path | ਸੁਖਮਨੀ ਸਾਹਿਬ ਪਾਠ | Sukhmani Sahib Da Path | Fast Sukhmani

वित्तीय समानीकरण, सःशर्त, समपूरक र विशेष अनुदान | प्रदेश र स्थानीयले प्राप्त गर्ने अनुदान

Section Officer Fourth paper (२.७ बजेट चक्र: निर्माण, कार्यान्वयन र मुल्याङ्कन)

0 to 1Crore From Salary In NEPAL RoadMap | तलब कमाईबाट धनि कसरी बन्ने | How to Be Rich With Salary?

४.२ सार्वजनिक वित्त व्यवस्थापनः नेपालको योजना र बजेट.... । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

What do tech pioneers think about the AI revolution? - The Engineers, BBC World Service

पढेको कुरा कहिल्यै नबिर्सने तरिका | Memory by William Walker Atkinson | Audio Book Summary in Nepali

