धानको बिउ उपचार गर्ने घरेलु बिधी || धानको बिउको उपचार || Seed treatment Rice Agri Nepal
धानको बिउ उपचार.................... #बिउ_उपचार भनेको के हो त? सामान्यतया बिउ उपचार भन्नाले सुरक्षित ,स्वास्थ र बलियो बेर्ना तयार गर्ने उद्देश्यले, जैविक र रासायनिक विधिहरुको प्रयोग गरि बीउ जन्य रोग, माटो जन्य रोग तथा कीराहरुको आक्रमणलाई नियन्त्रण गर्ने भन्ने बुझिन्छ । बिउ नै गुणस्तरीय भएन भने तेसपछिका सबै लागत(जोताइ खर्च , मलखाद, गोडमेल इत्यादि ) खेरा जान सक्छ । बिउ उपचार न त महङ्गो विधि हो न झन्झटिलो नै । त्यसैले सम्पुर्ण किसानहरुले अनुसरण गर्न जरुरी छ। #बिउ_उपचार_किन_गर्ने?? १.बीउजन्य रोगहरुको संक्रमण नियन्त्रण गर्न। २.जरा कुहिने , मरुवा, पोके जस्ता रोग नियन्त्रण गर्न। ३.किराको संक्रमणमा कमि ल्याउन । ४.बिउको उमार शक्तिमा वृद्धि गर्न ५.समग्रमा धानको उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउन। #बिउ_उपचार_गर्दा_के_के_कुरामा_ध्यान_दिनु_पर्छ_त?? १.बिउ उपचार तुरुन्तै छर्ने बिउमा गर्नु उचित मानिन्छ । उपचारित बिउलाइ धेरै समय सम्म नराख्ने र घाममा नसुकाउने। २.उपचारित बिउ मानिस एवं पशुलाई दानाको रूपमा प्रयोग nagarne ३.जैविक ढुसीनासक जस्तैः ट्राइकोडर्मा tatha जैविकमल जस्तैः (एजोस्पाइरेलम_Azospirillum) र विषादीले एकैपटक बिउ लाई उपचार नगर्ने। ४.ढुसीनासक विषादी प्रयोग गर्दा पुर्ण रुपले साबधानि अपनाउने र विषादीको भाडो वा बट्टा सुरक्षित ठाउँमा नस्ट गर्ने। #कुन_कुन_विधिबाट धनको बिउ उपचार गर्न सकिन्छ त?? #१. #नुन_पानीले बिउ उपचार : विभिन्न बिधिहरु मध्य यो बिधि निकै सरल बिधी हो र यसलाई किसानहरुले आफ्नै घरेलुु सामग्रीहरुको(नुन, बाल्टी,पानी ,अण्डा)प्रयोग गारी गर्न सकिन्छ । यो बिधिको माध्यमबाट अपरिपक्व (Imature), हलुँगा(light) रोग र किराले ग्रसित (pest infected) बिउलाइ स्वास्थ र पोटिलो बिउबाट छुट्टाउन सकिन्छ । #उपचार_पद्धति : १.सामान्यतया पानीको घनत्वो १ ग्राम प्रति मिलीलीटर लिटर हुन्छ ,यो अवस्थामा अपरिपक्व,रोग र किराले ग्रसित बिउ समेत पिदमै बस्न सक्छन् त्यसैले पानीको घनत्वो १.१४ पुर्याउने । #कसरी पुर्याउन सकिन्छ त १.१४ घनत्वो?? सिधै २ किलो नुन १० लिटरमा घोलेर पनि बिउ उपचार गर्न सकिन्छ तर नुनको मात्रा बढी भएमा पनि बिउको उमार शक्ति मा ह्रास आउने हुदा ध्यान पुर्याउन जरुरी छ। *यदि हाइड्रोमिटर छ भने जब सम्म स्केले १.१४ घनत्वो देखाउदैन तबसम्म नुन थप्दै जाने र नुनपानीको घोल बनाउने । यदि हाइड्रोमिटर छैन भने अण्डाको सहायताले मापन गर्ने। १.बाल्टीमा अधा जति पानी ल्याउने र एउटा अण्डा डुबाइ दिने । शुरूवातमा अण्डा पानीमा डुब्छ। २.अब भने लगातार नुन हाल्दै घोल्दै जाने जबसम्म अण्डाको आधी भाग तैरेर पानीको सतहमा पुग्छ। ३.यसरी आधी भाग डुबेको अण्डाले पानीको घनत्वो लगभग १.१४ पुग्यो भन्ने अङ्कित गर्छ र अब मिश्रण बिउ उपचार गर्न तयार छ भन्ने बुझिन्छ । २.यसरी तयार भएको मिश्रणमा बिउ हाली मज्जा सङ्ग चलाउने र तैरेका/ उत्रेका बिउहरु निकाल्ने। ३.तैरेका बिउहरु निकालि सकेपछि पिधमा रहेका पटिला बिउलाई सफा पानीले २-३ पटक मज्जा सङ्ग पखाल्ने र छायामा राख्ने #रासायनिक_विषादी बाट धानको बिउ उपचार १.धानमा लाग्ने विभिन्न ढुसी जन्य रोगहरु जस्तैः मरुवा(Blast), कालो पोके(False smut), खैरो थोप्ले(Brown spot), फेद कुहिने (foot rot)का लागी *कर्बेन्डाजिम(Carbendazim), बेभिस्टेन (Bevetin), क्यापटान(Captan) विषादी २-३ ग्राम प्रती के.जि.बिउमा राम्रो सङ्ग मिलाउने। बिउ उपचार गर्ने उपकरणको सहायताले गर्दा अझ प्रभावकारी हुन्छ । २.कर्बेन्डाजिम(Carbendazim) अथवा ट्राइसाइक्लाजोल(Tricyclazole) २ ग्राम प्रती लिटर पानीमा १ केजी बिउका दरले मिसाएर करिब १० घन्टा भिजाउने र १० घन्टा पछि बढी भएको पानी फाल्ने अनि २४ घन्टा छायामा राखी बिउ उम्रे पछि मात्र छर्ने। अनुसन्धानका अनुसार सुख्खा रुपमा उपचार गर्नु भन्दा पनिमै भिजाएर गरिने उपचार प्रभावकारि हुने गरेको पाइएको छ।

धानकाे बीउ राख्ने सम्पूर्ण तरीका

Seed Treatment MADE EASY at Home! धानको वीऊ उपचार गर्ने सजिलो तरिका/धान उत्पादन गर्ने तरीका

Dhaan Bij Upchar | Paddy seeds Treatment | धान का बीज शोधन | Dhaan ka seeds upchar Kaise kare

Rice Seed Treatment || धानको बीउ उपचार गर्ने बिधि ||

धान बालीमा लाग्ने रोग किरा र रोकथामको उपाय विज्ञबाट || Agriculture in Nepal ||

धान के बीज का प्राकृतिक उपचार कैसे करें | How to Treat Paddy Seeds Naturally Before Sowing

हर्दिनाथ हाईब्रिड धान १ को बीउ उत्पादन प्रविधि र यसको जातिय विशेषता

Dhan ko beu rakhne time bhayo I How to prepare rice seedlings for Transplantation I Pabitra Garden

धान की नर्सरी ऐसे करें तैयार।Paddy nursery/paddy crop.

धानको वीऊ उपचार घरेलु विधि ।। Rice Seed Treatment Home Method।। नुन पानीको घोलमा धानको वीऊ उपचार

Dhaan bij upchar | धान का बीज उपचार कैसे करें | धान की खेती | seed treatment best dawai, paddy Seeds

करोडको तरकारी उत्पादन हुने फार्ममा आधुनिक तरिकाले यसरी गरिन्छ खेती

रास्वपा सांसदको ओठमुख सुकाउने कांग्रेसका प्रश्न, मुर्दा भनेपछि रातोपिरो, सभामुखमा पनि उकुसमुकुस ||

How to germinate paddy seeds || dhaan dhan beej jammav ankurit kare || how to germinate paddy seeds

News🔴today nepali news aaj ka mukhya samachar taja

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री | Tikaram Yatri

🔴LIVE: रोकिएन हर्कको हर्कत,सभामुखले बैठकबाटै निकाल्ने - Balen | Rabi | harka | sudan gurung

धानको झार मार्ने औषधी के हो, कसरी प्रयोग गर्नै, गोड्न खेतला नलाग्ने, कम लगानी, समयको बचत धेरै फाइदा

धानका सिफारिस गरिएका जातहरु र खेति प्रविधि

